२९ असार २०८३, सोमबार

उपनिर्वाचन : अर्घाखाँचीको मालारानीमा ७३ प्रतिशत मतदान

मंसिर १४, २०७६
उपनिर्वाचन : अर्घाखाँचीको मालारानीमा ७३ प्रतिशत मतदान

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा ७३ प्रतिशत मत खसेको छ ।

कूल ३ हजार ११ मतदातामध्ये २ हजार २ सय २५ मत खसेको जनाइएको छ ।

वडाध्यक्षका लागि नेकपाबाट यमलाल खनाल, नेपाली कांग्रेसबाट शोभाखर खनाल प्रतिस्पर्धामा छन् । वडाध्यक्ष जीवनबहादुुर चन्दको गाडी दुुर्घटनामा परी मृत्युु भएपछि उपचुुनाव भएको हो ।

चन्द पूूर्व एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्