०४ असार २०८३, बिहीबार

उपनिर्वाचन : रूरूमा ७५ प्रतिशत मतदान, महिला मतदाता बढी

मंसिर १४, २०७६
उपनिर्वाचन : रूरूमा ७५ प्रतिशत मतदान, महिला मतदाता बढी

गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा ७५ प्रतिशत मत खसेको छ ।

कूल २ हजार ४८ मतदातामध्ये १ हजार ५४४ मत मात्रै खसेको छ । २ मतदान स्थलमध्ये ‘क’ मा ४ सय २७ महिला र ३ सय ६१ पुरुषले मतदान गरेका छन् । मतदान स्थलमा पुरुषभन्दा ६६ जना बढी महिलाले मतदान गरेको मतदान अधिकृत शान्ति शर्माले बताए ।

‘ख’ मतदान केन्द्रमा ४ सय ४९ महिला र ३ सय ७ पुरुषले मतदान गरेको ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत कृष्णशरण लामिछानेले जानकारी दिए । 

मतदान स्थलमा पुरुषभन्दा १ सय ४२ जना बढी महिलाले मतदान गरेका छन् । जनज्योति माविमा शनिवार बिहानबाट साँझ ५ बजेसम्म शान्तिपूर्ण रुपमा मतदान भएको थियो ।

निर्वाचनका लागि २ जना मतदान अधिकृत, ४ जना सहायक मतदान अधिकृत, ८ स्वयंसेवक र २ जना सहयोगी गरी १४ जना कर्मचारी मतदान स्थलमा खटिएका थिए । मतदान स्थलमा महिला, पुरुष र अशक्तको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको थियो ।

मतदानपश्चात मुचुल्का उठाएर मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारमा लगिएको छ । साँझबाटै मतगणना हुने मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्