१३ असार २०८३, शनिबार

नरगिस भन्छिन् : यसकारण फिल्मको बहानामा क्यामेरा अघि मैले आफूलाई नंग्याउन परेन

मंसिर १८, २०७६
नरगिस भन्छिन् : यसकारण फिल्मको बहानामा क्यामेरा अघि मैले आफूलाई नंग्याउन परेन

अमेरिकी मोडल नरगिस फाख्रीलाई भारतीय फिल्म निर्देशक इम्तियाज अलीले फिल्म ‘रकस्टार’ मा डेब्यु गराउँदै बलिउड भित्र्याएका थिए ।

किङफिसको क्यालेन्डर फोटोशूटमा नरगिसको सुन्दरतादेखि प्रभावित इम्तियाजले भाषाको समस्याका बाबजुद पनि नरगिसलाई रणवीर कपुरको अपोजिटमा ब्रेक दिएका थिए । फिल्मले प्रशंसा र पैसा दुवै बटुल्यो । 

नरगिसको अभिनयको भन्दा ज्यादा सुन्दरताको तारिफ भयो । त्यसपछि छिटफुट फिल्महरू पाइरहिन् । हलिउड फिल्म ‘स्पाई’ समेत खेलिसकेकी नरगिस आफूलाई ग्लोबल सिटिजन भन्न रुचाउँछिन् । कारण, उनी पाकिस्तानी बुब र चेक आमाकी सन्तान हुन्, जो अमेरिकामा मोडलिङपछि बलिउडमा अभिनयमा लागिन् । 

हालैको एक अन्तर्वार्तामा नरगिसले आफू बलिउडमा आउनुको कारण खुलाएकी छन् । 

‘बलिउड फिल्ममा यौनका दृश्य नहुने भएकैले म यहाँ फिल्म खेल्न आएकी हुँ,’ नरगिसले आफ्नो आदर्श, विचारधारा र नैतिकताले यौनजन्य दृश्य भएका फिल्म खेल्न नदिने तर्क गरेकी छन् । भनेकी छन्, ‘म फिल्म खेल्न बलिउड आएकोमा निकै खुसी थिएँ । किनकि त्यहाँका फिल्ममा सेक्स सिनहरू हुँदैनथे । र, मैले आफूलाई फिल्मको बहानामा क्यामेरा अघि नंग्याउन परेन ।'

उनले एक एडल्ट स्टार ब्रिट्नी डेला मुरसँगको कुराकानीमा यस्तो धारणा व्यक्त गरेकी हुन् । नरगिसले आफ्नो मूल थलो पाकिस्तान भएकोले पनि भारतसँग कला, संस्कृति मिल्ने भएकोले बलिउड प्रवेश सुखद रहेको बताइन् । कान्तिपुर दैनिकमा खबर छ । 
 

कमेन्ट गर्नुहोस्