
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकालाई एक महिनाभित्रै धूलोमुक्त बनाउने दाबी गरेका छन् ।
बालाजु बाइसधारामा स्थानीयले गरेको सम्मान ग्रहण गर्दै त्यस क्षेत्र (काठमाडौं– ७) का सांसद समेत रहेका राज्यमन्त्री मानन्धरले काठमाडौंलाई धूलोमुक्त बनाइछाड्ने दाबी गरेका हुन् ।
खानेपानी, सडक विभाग, विद्युत् प्राधिकरण तथा नेपाल टेलिकमलगायतका नियकासँग समन्वय गरेर धूलो नियन्त्रण गर्न आफू लागि पर्ने उनको प्रतिबद्धता छ ।
स्तरोन्नतिका क्रममा रहेका सडकहरूमा समयमै काम सक्न ठेकेदारलाई ताकेता समेत गर्ने उनले बताए ।
मानन्धरले यही मंसिर ५ गते पदतथा गोपनीयताको शपथ लिएर राज्यमन्त्रीका रूपमा कार्यभार सम्हालेका थिए ।