२२ जेठ २०८३, शुक्रबार

प्रमोद खरेल भन्छन् : ‘कोच’ बन्नु ठूलो जिम्मेवारी हो

मंसिर १९, २०७६
प्रमोद खरेल भन्छन् : ‘कोच’ बन्नु ठूलो जिम्मेवारी हो

भ्वाइस अफ नेपालका कोच बनेका चर्चित गायक प्रमोद खरेल भन्छन् : ‘कोच’ बन्नु ठूलो जिम्मेवारी हो । कुर्सीमा बसिसकेपछि जिम्मेवारी वहन गर्ने आँट हुनुपर्छ । पहिलो चरणमा नयाँ गायक छनोट गर्नुपर्छ । प्रतिभाका साथमा राम्रो स्वर भएकालाई छनोटमा पार्न सक्नुपर्छ ।

म कोच रहेको कार्यक्रमको नाम नै ‘भ्वाइस अफ नेपाल’ छ । त्यसैले हामीले नयाँ गायक छान्नुपर्दा सबैभन्दा पहिले उसको स्वर विचार गर्छौं । हामीले सुरुमै नयाँ गायकलाई देख्न पाएका हुँदैनौँ । किनकि, हाम्रो कुर्सी पछाडि फर्किएको हुन्छ ।

नयाँ गायकको स्वर सुनेर मात्र घुम्ने कुर्सीको बटम ‘बज’ गर्छौं । कुर्सीअगाडि ‘आई वान्ट यू’ लेखिएको हुन्छ । सबैले घुम्ने कुर्सी घुमाएपछि नयाँ गायकले आफूलाई मन परेको कोच छान्ने हो । दुई या तीनजनामध्येबाट एकजनालाई छनोट गर्नुपर्दा एकदमै नरमाइलो र गाह्रो हुन्छ ।

कोच गर्दा उनीहरूसँग धेरै समय साथमा बिताएका हुन्छौँ । सबै गायक÷गायिका आफ्नै परिवारको सदस्यजस्तो बनिसकेका हुन्छन् । उनीहरूलाई बिदाइ गर्नुपर्दा मन थाम्न सकिँदैन । आँखामा आँसु भरिएको हुन्छ । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्