२१ जेठ २०८३, बिहीबार

कर्णाली आमसञ्चार प्रतिष्ठान गठन गरिँदै, २५ लाख बजेट

मंसिर १९, २०७६
कर्णाली आमसञ्चार प्रतिष्ठान गठन गरिँदै, २५ लाख बजेट

कर्णाली प्रदेश सरकारले चालू आवमै आमसञ्चार प्रतिष्ठान गठन गर्ने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयसँगको समन्वयमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कर्णाली प्रदेशद्वारा आयोजित छलफल कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कर्णाली प्रदेशका कानून अधिकृत तुलबहादुर खड्काले आमसञ्चार प्रतिष्ठान गठन प्रक्रिया गएको जानकारी दिए।

‘हामी केही समयमै नियमावली बनाउँछौँ,’ कानून अधिकृत खड्काले भने, ‘त्यसका लागि कानून मन्त्रालयले रु तीन करोड २५ लाख बजेट विनियोजनका लागि अर्थ मन्त्रालयमा कार्ययोजना पेश गरेको छ ।’ 

सो अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले प्रतिष्ठान नियमावली प्रेसमैत्री बन्नुपर्नेमा जोड दिए। फोनिज कर्णाली प्रदेशका इञ्चार्ज अशोक राजीले प्रदेश सरकारले पत्रकारको सीप र  क्षमता अभिवृद्धिका लागि प्रतिष्ठान गठन गर्ने कुराले आफूहरुलाई उत्साहित बनाएको जनाए।
 

salt training

कमेन्ट गर्नुहोस्