२७ जेठ २०८३, बुधबार

सुनको मूल्य घट्यो

मंसिर २०, २०७६
सुनको मूल्य घट्यो

पछिल्लो ३ दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ ।

बुधवार र बिहीवार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रवार पनि प्रतितोला ३०० रुपैयाँले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ७०० रुपैयाँ तोकेको छ । बिहीवार छापावाला सुन प्रतितोला ७२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत् रहेको छ । शुक्रवार चाँदी प्रतितोला ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्