अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीवार तालिबानी लडाकू लुकेर बसेका इलाकालक्षित गरी अफगान सेनाले गरेको हवाई कारवाहीमा परी कम्तीमा १५ लडाकू मारिएका छन् ।
बिहीवार अपराह्न कान्दाहार प्रान्तको नेश जिल्लामा गरिएको हवाई कारवाहीमा नौ लडाकू मारिएका थिए ।
हेलमण्ड प्रान्तका नहर ए साराज जिल्लामा भएको हवाई कारवाहीमा ६ तालिबान लडाकू मारिएका छन् ।
उक्त प्रान्तहरूमा सक्रिय रहेका तालिबानी लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
हेलमण्ड र कान्दाहार तालिबानी लडाकू समूहको बलियो प्रभाव रहेको प्रान्त मानिन्छ ।
तर हाल सुरक्षाबलले पटक पटक यी लडाकूविरुद्ध गरेको कारबाहीको क्रममा सो प्रान्तका कैयौं भागमा सरकारको नियन्त्रणमा आएको अफगान सुरक्षाबलको दाबी रहेको छ ।