२१ जेठ २०८३, बिहीबार

विवाह पूर्व शारीरिक सम्पर्क राखेकै कारण युवकलाई दिइयो यस्तो गम्भिर सजाय

मंसिर २१, २०७६
विवाह पूर्व शारीरिक सम्पर्क राखेकै कारण युवकलाई दिइयो यस्तो गम्भिर सजाय

विवाहपूर्वको यौन सम्पर्कलाई तपाईं कसरी लिनुहुन्छ ?

विवाह पूर्वको यौनसम्पर्कका कारण एक युवकले निकै खतरनाक सजाय भोग्नुपरेको छ ।

यो घटना इन्डोनेशियाको हो । त्यहाँको एक युवकले आइतवार विवाह पूर्व यौन सम्पर्क गरेको भन्दै सजाए पाएका छन् । ती युवकलाई डोरीले हिर्काइएको छ । डोरीले हिर्काउँदा पटक पटक बेहोस भएका उनलाई होस खुलेपछि पुनः डोरीले नै हिर्काइएको छ । 

गम्भिर घाइते बनेका उनको अहिले अस्पतालमा उपचार भइरहेको एजेन्सीले बताएको छ ।

अहिले सन्सारभर उनलाई यस्तो सजाय दिएकोमा आलोचना भइरहेको छ । इस्लामिक कानुनअनुसार इन्डोनेसियामा कानूनले प्रतिबन्धित गरेका कार्यका लागि यस्तै सजाय दिइने बताइएको छ । 

विश्वकै सबैभन्दा बढी मुस्लिम रहेको देश इन्डोनेशियामा धार्मिक कानून लागू भएको छ । आइतवार २२ वर्षीय मानिसलाई १०० पटक डोरीले हिर्काइएको थियो । युवकले एक महिलासँग शारीरिक सम्बन्ध राखेका थिए । त्इसकारण उनलाई यति ठूलो सजाय दिइएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्