×

NMB BANK
NIC ASIA

सेना, प्रहरीले मौलिक बाजा प्रयोग गर्न जरुरी : प्रदेश प्रमुख शेरचन

मंसिर २१, २०७६

NTC
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन गण्डकीका धुनहरु कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्वीरः हरि बाँस
Premier Steels

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मौलिक बाजाको संरक्षण अपरिहार्य भएको बताएका छन्।

Muktinath Bank

नेपाल सङ्गीत नाट्य एकेडेमीको आयोजना तथा हिमाली सांस्कृतिक परिवारको सहकार्यमा  यहाँ आयोजित ‘गण्डकीका धुनहरु’ कार्यक्रममा उनले मौलिक बाजाका बारेमा युवा पुस्ताले चासो नलिने हो भने इतिहासमा समेत नभेटिने बताउँदै पछिल्लो समय पश्चिमी बाजाको प्रभावका कारण नेपालको मौलिक बाजा लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षणका लागि सबै लाग्नुपर्ने  औँल्याए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली मौलिक बाजाको  महत्व र इतिहास रहेको उल्लेख गर्दै प्रमुख शेरचनले नेपाली सेना र प्रहरीले पनि आप्mनो मौलिक बाजालाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए।


Advertisment
Nabil box
Kumari

गण्डकी प्रदेशका ११ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी दुईदिने उक्त कार्यक्रममा ९५ लोपोन्मुख बाजाको प्रदर्शनी र तीन कार्यपत्रको प्रस्तुति  थियो । कार्यक्रममा पञ्चैबाजाका बारेमा तुलसी प्रभास, हिमालमा प्रचलित बाजा टुङ्नाका बारेमा कर्मा फारम र नवलपुरको थारू बाजाका बारेमा पीताम्बर महतोले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी १२ समूहले गण्डकी प्रदेशभित्रका हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी विभिन्न बाजाका धुनको प्रस्तुति दिएका थिए । 

Vianet communication

नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले मौलिक बाजा र धुनको संरक्षण र विकासका लागि गण्डकीका धुन कार्यक्रम आयोजना गरिएको बताउँदै परम्परागत बाजा, गीतसङ्गीत, कला संरक्षणका लागि प्रतिष्ठानले सहयोग गर्ने आश्वासन दिए।

पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजित गण्डकीका लोपोन्मुख बाजाको धुनले आज पोखरा गुञ्जायमान बन्यो ।  लोपोन्मुख आरबाजा, पात, सारङ्गी, त्हउदु, टुङ्ना, ह्याङ्जे, ढग्ने, मानर, खैजडी, मृदा, ता र ढल्कीलगायत प्रचलित बाजाको धुनले कार्यक्रम रोचक बनाएको थियो ।

कार्यक्रममा लोपोन्मुख मुख बाजा र  ढल्कीको प्रस्तुति, झलकमान गन्धर्व सारङ्गी पाठशाला कास्कीले गाइने धुन, डाँफेचरी, आरबाजा, सारङ्गी, मादल र  मुजुरा तथा नेवाः खल कास्कीको प्रतिनिधित्व गर्दै तेर्सापट्टि तया मचा समितिले नेवारी धुन, मृदा झ्याली, ता, ढल्कीबाजाको धुन प्रस्तुत गरेका थिए ।

लोपोन्मुख लोकबाजा नयाँपुस्तालाई जानकारी गराउने उद्देश्य रहेको कार्यक्रममा दूधपोखरी तमु समाज पोखराले स्वर्ग जाने धुन, त्हउदु, झ्यालीबाजाको प्रस्तुति, बौद्ध अर्घौ सदन पोखराले लामाबाजा र बौद्ध धुन, तमु प्येल्हु सङ्घले पच्यु, क्याप्री, बोन्पो लमको बाजा धुन, ढ्याङग्रो, शङ्ख र झ्यालीसहित प्रस्तुति दिएको कार्यक्रमका स्थानीय संयोजक तेज केसीले जानकारी दिए।

सो अवसरमा लाफा मगर समाज घाँसीकुवाले कौडा धुनसँगै   झ्याली र  मुजुरा, लेखनाथस्थित सत्सङ्ग भजन कीर्तन समूहले भजन प्रस्तुति, नवलपुर थारू समाजले थारू संस्कृति धुन, मानर र मजुर वाद्यवादनसहित प्रस्तुति, नेपाल दैविक सनातन धर्म संरक्षण समिति, पञ्चै बाजा समूहले लोपोन्मुख धुन र बाजा सनाही, नरसिंहा, दमाहा ढोलकी, ट्याम्कोलगायत प्रस्तुत गरेकामा  सबै उमेरका कलाकार नाचगानमा सहभागी भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x