चैत २७, २०८०
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मौलिक बाजाको संरक्षण अपरिहार्य भएको बताएका छन्।
नेपाल सङ्गीत नाट्य एकेडेमीको आयोजना तथा हिमाली सांस्कृतिक परिवारको सहकार्यमा यहाँ आयोजित ‘गण्डकीका धुनहरु’ कार्यक्रममा उनले मौलिक बाजाका बारेमा युवा पुस्ताले चासो नलिने हो भने इतिहासमा समेत नभेटिने बताउँदै पछिल्लो समय पश्चिमी बाजाको प्रभावका कारण नेपालको मौलिक बाजा लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षणका लागि सबै लाग्नुपर्ने औँल्याए।
नेपाली मौलिक बाजाको महत्व र इतिहास रहेको उल्लेख गर्दै प्रमुख शेरचनले नेपाली सेना र प्रहरीले पनि आप्mनो मौलिक बाजालाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए।
गण्डकी प्रदेशका ११ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी दुईदिने उक्त कार्यक्रममा ९५ लोपोन्मुख बाजाको प्रदर्शनी र तीन कार्यपत्रको प्रस्तुति थियो । कार्यक्रममा पञ्चैबाजाका बारेमा तुलसी प्रभास, हिमालमा प्रचलित बाजा टुङ्नाका बारेमा कर्मा फारम र नवलपुरको थारू बाजाका बारेमा पीताम्बर महतोले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी १२ समूहले गण्डकी प्रदेशभित्रका हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी विभिन्न बाजाका धुनको प्रस्तुति दिएका थिए ।
नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले मौलिक बाजा र धुनको संरक्षण र विकासका लागि गण्डकीका धुन कार्यक्रम आयोजना गरिएको बताउँदै परम्परागत बाजा, गीतसङ्गीत, कला संरक्षणका लागि प्रतिष्ठानले सहयोग गर्ने आश्वासन दिए।
पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजित गण्डकीका लोपोन्मुख बाजाको धुनले आज पोखरा गुञ्जायमान बन्यो । लोपोन्मुख आरबाजा, पात, सारङ्गी, त्हउदु, टुङ्ना, ह्याङ्जे, ढग्ने, मानर, खैजडी, मृदा, ता र ढल्कीलगायत प्रचलित बाजाको धुनले कार्यक्रम रोचक बनाएको थियो ।
कार्यक्रममा लोपोन्मुख मुख बाजा र ढल्कीको प्रस्तुति, झलकमान गन्धर्व सारङ्गी पाठशाला कास्कीले गाइने धुन, डाँफेचरी, आरबाजा, सारङ्गी, मादल र मुजुरा तथा नेवाः खल कास्कीको प्रतिनिधित्व गर्दै तेर्सापट्टि तया मचा समितिले नेवारी धुन, मृदा झ्याली, ता, ढल्कीबाजाको धुन प्रस्तुत गरेका थिए ।
लोपोन्मुख लोकबाजा नयाँपुस्तालाई जानकारी गराउने उद्देश्य रहेको कार्यक्रममा दूधपोखरी तमु समाज पोखराले स्वर्ग जाने धुन, त्हउदु, झ्यालीबाजाको प्रस्तुति, बौद्ध अर्घौ सदन पोखराले लामाबाजा र बौद्ध धुन, तमु प्येल्हु सङ्घले पच्यु, क्याप्री, बोन्पो लमको बाजा धुन, ढ्याङग्रो, शङ्ख र झ्यालीसहित प्रस्तुति दिएको कार्यक्रमका स्थानीय संयोजक तेज केसीले जानकारी दिए।
सो अवसरमा लाफा मगर समाज घाँसीकुवाले कौडा धुनसँगै झ्याली र मुजुरा, लेखनाथस्थित सत्सङ्ग भजन कीर्तन समूहले भजन प्रस्तुति, नवलपुर थारू समाजले थारू संस्कृति धुन, मानर र मजुर वाद्यवादनसहित प्रस्तुति, नेपाल दैविक सनातन धर्म संरक्षण समिति, पञ्चै बाजा समूहले लोपोन्मुख धुन र बाजा सनाही, नरसिंहा, दमाहा ढोलकी, ट्याम्कोलगायत प्रस्तुत गरेकामा सबै उमेरका कलाकार नाचगानमा सहभागी भएका थिए ।
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...