२१ असार २०८३, आइतबार

भ्रष्टाचारमुक्त प्रदेश बनाउन एक जुट हुनुपर्छ – मुख्यमन्त्री भट्ट

मंसिर २३, २०७६
भ्रष्टाचारमुक्त प्रदेश बनाउन एक जुट हुनुपर्छ – मुख्यमन्त्री भट्ट
फाइल फोटो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रष्टाचारमुक्त प्रदेश बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरद्वारा सोमवार आयोजित कार्यक्रममा उनले भने– 'भ्रष्टाचार नियन्त्रणका लागि घुस लिनेसँगै दिने पक्षलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ ।'

मुख्यमन्त्री भट्टले भ्रष्टाचाररहित स्वच्छ समाज निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिँदै भ्रष्टाचार गरेको प्रमाणित भए प्रदेश सरकारले जो कोहीलाई पनि कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशसभा सदस्य मानबहादुर सुनारले सार्वजनिक पद धारण गरेपछि पदको दुरुपयोग गर्ने मानसिकताकै कारण भ्रष्टाचार नियन्त्रणमा चुनौती थपिएको उल्लेख गर्दै सरकारले राम्रो काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्छ भने ।

salt training

कमेन्ट गर्नुहोस्