२९ असार २०८३, सोमबार

सीमा अतिक्रमणको विरोधमा भारतीय दूतावास अगाडि धर्ना

मंसिर २४, २०७६
सीमा अतिक्रमणको विरोधमा भारतीय दूतावास अगाडि धर्ना

७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजले सीमा अतिक्रमणको विरोध गर्दै भारतीय दूतावास लैनचौर अगाडि धर्ना प्रदर्शन गरेको छ ।

भारतले नक्सा सार्वजनिक गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेको विरोधमा समाजले दूतावास अगाडि प्रदर्शन गरेको हो ।

धर्नामा ‘हालै प्रकाशित राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हो, नेपाल–भारत मैत्री अमर रहोस्’ लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएका छन् ।

धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, उपसभापति रेनुका पौडेल, सचिव बलबहादुर गाहा मगर, केन्द्रिय सदस्य गीता तिमल्सिना, सरस्वती ढकाल, नम्रता खरेल पौडेल, श्यामप्रसाद लामिछाने, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारासहित दर्जनौं अधिकारकर्मीको सहभागिता थियो ।

भारतीय अतिक्रमणको विरोध गर्दै शान्ति समाजका जिल्ला शाखाले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन दर्जनौं जिल्लामा प्रदर्शन गरेका समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्