२३ जेठ २०८३, शनिबार

बाख्रापालनलाई प्रवर्द्धन गर्दै प्रदेश ३ सरकार

मंसिर २५, २०७६
बाख्रापालनलाई प्रवर्द्धन गर्दै प्रदेश ३ सरकार

प्रदेश नं ३ सरकारले उन्नत जातका बाख्रापालनलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याउने भएको छ ।

कृषक समूह, सहकारी र निजी क्षेत्रसँगको साझेदारीमा व्यवसायिक बाख्रापालन प्रवद्र्धन गर्न कार्यक्रम ल्याउन लागिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।  

'उन्नत जातका बाख्राको अध्ययन, अनुसन्धान गरी उत्पादन बढाएर किसानलाई राम्रो आम्दानी दिन विशेष कार्यक्रम शुरुआत गर्न लागिएको हो ।' प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले भने। 

उनका अनुसार मकवानपुर, चितवन, धादिङ, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा केही पालिकामा  सो कार्यक्रम सञ्चालनमा आउनेछ । मकवानपुरको इन्द्रसरोवर र भीमफेदी गाउँपालिका, चितवनको राप्ति नगरपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका र धादिङको बेनीघाट—रोराङ्ग गाउँपालिकामा कार्यक्रम कार्यान्वन हुने छ ।  

मन्त्री लामाले बाख्रापालन फार्मलाई रु ५० लाखसम्म अनुदान रकम दिइने र यसका लागि सूचनासमेत प्रकाशित भइसकेको बताए। 'यो कार्यक्रममा मुख्य लक्ष्य भनेको उन्नत जातका बाख्रा भित्र्याउनु नै हो', उनले भने।
 

salt training

कमेन्ट गर्नुहोस्