२८ जेठ २०८३, बिहीबार

आज सार्वजनिक बिदा छैन

मंसिर २६, २०७६
आज सार्वजनिक बिदा छैन

बिहीवार विभिन्न समुदायको चाडपर्व रहे पनि सार्वजनिक बिदा नरहेको तर धर्म संस्कृति मान्ने समुदायका लागि बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । 

गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले भने,‘बिहीवार कुनै पनि सार्वजनिक बिदा छैन, धर्म संस्कृतिअनुसार सम्बन्धित समुदायले बिदा पाउने छन् ।’ यो खबर गोरखापत्र दैनिकमा छ । 

बिहीवार नेवार समुदायको यःमरी पुन्ही (ज्यापु दिवस) र किराँत समुदायको उधौली पर्व परेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्