०३ असार २०८३, बुधबार

टिप्पर भीरमा खस्दा २ जनाको मृत्यु

मंसिर २६, २०७६
टिप्पर भीरमा खस्दा २ जनाको मृत्यु

हुम्लाको हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिप्पर तुम्कोट भीरमा दुर्घटनामा परेको छ । 

उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भीरमा बा५ख ५३८४ नम्बरको टिप्पर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिप्परमा चालकसहित ४ जना सवारमध्ये २ जनाको घटनास्थलमा मृत्यु भएको र २ जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताए ।

दुर्घटनास्थलमा प्रहरी टोली पुगिसकेकाले मृत्यु हुनेको र घाइतेसहित चालकको नाम सोधपुछ गर्ने काम भइरहेको उनले जानकारी दिए । उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिप्पर दुर्घटनामा परेको आशंका गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्