२३ जेठ २०८३, शनिबार

देवदहमा अज्ञात व्यक्तिबाट जेसीबीमा आगजनी, स्थानीयमा त्रास

मंसिर २६, २०७६
देवदहमा अज्ञात व्यक्तिबाट जेसीबीमा आगजनी, स्थानीयमा त्रास

रूपन्देहीको देवदहमा जेसीबीमा आगजनी भएको छ ।

देवदह नगरपालिका–७ मदनग्राममा रहेको सामर्थ्य कन्सट्रक्सनका सञ्चालक चन्द्रकान्त खरेलको ना१क ३३०० नम्बरको जेसीबीमा बिहीवार बिहान अज्ञात समूहले आगजनी गरेको हो ।

देवदह प्रहरी चौकीका प्रहरी नायव निरीक्षक भरत थापाले आगजनी गर्नेको खोजी भइरहेको जानकारी दिए । आपराधिक गतिविधि बढ्दै गएको क्षेत्रमा फेरि जेसीबीमा आगजनी भएपछि स्थानीय झस्किएका छन् । 

‘गाडी धनीले कसैप्रति शंका छैन भन्नुभयो तर हामी आगजनी गर्नेको खोजी गर्दैछौं,’ थापाले भने । मनोज पुनले दुर्गा तिवारीको हत्या गरेपछि देवदहमा आपराधिक गतिविधि बढ्दै गएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्