
इँटा उद्योगमा बम विस्फोट गराएर फिरौती रकम मागेको आरोपमा प्रहरीले बाराको परवानिपुर गाउँपालिका ४ चैनपुरबाट ४ जनालाई पक्राउ गरेको छ।
गाउ्ँको एमएस इँट्टा उद्योगका सञ्चालक मनोजप्रसाद साहको इँटा उद्योगमा ४ कात्तिकमा बम विस्फोट गराएरको आरोपमा प्रहरीले उनीहरुलाई हाल आएर पक्राउ गरेको हो। पक्राउ पर्नेमा परवानीपुर गाउँपालिका ४ का प्रमोदसाह गोढ देवशंकर राम, अच्छेलाल गोसाई र दिपेन्द्र कुमार धानुक रहेका छन्।
प्रहरीका अनुसार गोढले २÷३ महिना अघि फोन गरेर साहसँग गरी १५ लाख रुपैयाँ फिरौती रकम मागेका थिए । तर, फिरौती रकम दिन अस्वीकार गरेपछि इँटा उद्योगमा बम बिष्फोट गराउनुका साथै घरपरिवार समेतलाई खतरा हुनेछ भनेर एसएमस तथा फोन गरी धम्की दिएका थिए । त्यसपछि फिरौती रकम ३ लाख लिएर चैनपुरमा आउनु भनि बोलाएका थिए ।
फिरौती रकम माग गरी लिन जाने उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।