२१ जेठ २०८३, बिहीबार

कांग्रेस बैठक पौडेल पक्षद्वारा बहिस्कार

मंसिर २७, २०७६
कांग्रेस बैठक पौडेल पक्षद्वारा बहिस्कार

कांग्रेसका केन्द्रीय पदाधिकारीसहित सदस्यहरूको कार्यकाल सकिन लाग्दा पनि सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको कार्यतालिका तय गर्न नमानेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिहीवार केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको छ ।

देउवाले स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेपछि मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने अडान लिँदा पौडेल पक्षले बैठक बहिस्कार गरेको हो । 

बहिस्कारबीच बसेको केन्द्रीय बैठकले आन्तरिक मुद्दामा निर्णय नगरी समसामयिक विषयमा पार्टीको दृष्टिकोण सार्वजनिक गरेको छ ।

स्थानीय तहका संरचना समायोजनका लागि राधेश्याम अधिकारीको संयोजकत्वमा गठित निर्वाचन समितिले काम नसकेको र क्रियाशील सदस्यताको अद्यावधिक नभएकाले देउवाले महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न नचाहेको उनीनिकट नेताहरूले बताएका छन्  । कान्तिपुर दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्