२८ जेठ २०८३, बिहीबार

महिला मात्रै निस्किए भ्रमण वर्षको पैदलयात्रामा

मंसिर २८, २०७६
महिला मात्रै निस्किए भ्रमण वर्षको पैदलयात्रामा

‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि झापाको मेचीनगरबाट महिला मात्र रहेको एक टोली स्थानीय पर्यटकीय स्थलको पैदलयात्रा (ट्रेकिङ) मा निस्किएको छ ।

शनिवार बिहान धुलाबारी मोडबाट हरियो टी सर्ट, कालो पाइन्ट र रातो जुत्ता लगाएर यात्रामा निस्किएको महिला टोलीमा मेचीनगरका ३५ अगुवा महिला सामेल छन् ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले पैदल यात्रामा निस्किएका महिलालाई ‘साहसी महिला’को संज्ञा दिँदै अबिर टीका लगाएर यात्राको शुभकामना व्यक्त गरेकी छन् । उनले महिला मात्रै सहभागी पैदलयात्रा झापामा पहिलो पटक भएको जनाउँदै महिला चुलोचौकामा सीमित हुने जमाना अब गएको बताइन् ।

पैदल टोलीले मेचीनगरको थोप्लेविरान पर्यटकीय क्षेत्र, शान्तिनगरस्थित भाषाशास्त्री महानन्द सापकोटाको जन्मस्थल देवानछाप हुँदै बुद्धशान्ति गाउँपालिकाको सुनमाईस्थित धारागोला दृश्यावलोकन स्तम्भसम्मको १९ किलोमिटर यात्रा सम्पन्न गर्ने टोली प्रमुख रेणुका डाँगीले बताइन् । टोलीमा मेचीनगरको राजनीतिक, सहकारी, शिक्षा, पत्रकारिता, साहित्य र खेलकुद क्षेत्रमा क्रियाशील संघसंस्थाका अगुवा रहेका छन् ।

उनीहरूले राष्ट्रिय झण्डा र भ्रमण वर्षको लोगो बोकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्