३० जेठ २०८३, शनिबार

धनुषा बम कान्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक दाहालको स-सम्मान दाहसंस्कार

मंसिर २८, २०७६
धनुषा बम कान्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक दाहालको स-सम्मान दाहसंस्कार

धनुषा बमकान्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको शनिबार पशुपति आर्यघाटमा ससम्मान दाहसंस्कार गरिएको छ।

शंकास्पद वस्तु विष्फोटन हुँदा गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  धरानमा ज्यान गएको थियो। उनी   ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा कार्यरत थिए।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरूले दाहालको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
दाहालको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो। दाहालको पार्थिव शरीरमा उनका बुबा प्रकाश शर्मा दाहालले दागवत्ती दिए।

संखुवासभामा जन्मिएका दाहाल हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ कृष्णनगरमा बस्दै आएका थिए।  

२०५५ कात्तिक १ गते नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरेका  दाहाल २०६० असोज ९ गते प्रहरी नायव निरीक्षक तथा  २०७५ वैशाख १९ गते प्रहरी निरीक्षक पदमा पदोन्नति भएका थिए।  स्वर्गीय दाहालका बुवा, आमा, श्रीमती र एक छोरा छन्।

सम्बन्धित समाचारः झलनाथ खनालका पूर्व ‘पीएसओ’ इन्सपेक्टर दाहाल, असावधानीले बम चलाउँदा गुमाए ज्यान
 

salt training

कमेन्ट गर्नुहोस्