०२ असार २०८३, मंगलबार

देशभर चिसो बढ्यो

मंसिर ३०, २०७६
देशभर चिसो बढ्यो

पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा सोमवार हिमपातको सम्भावना रहेको जनाइएको छ । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा  हिमपातको सम्भावना रहेको जानकारी दिए ।

उनका अनुसार सो वायुको प्रभावले देशभर चिसो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेकोे छ । 

बुधवारबाट मौसमी प्रणालीमा सुधार आउने जनाइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियस रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्