×

Nic Asia
Dabur
Prabhu Bank

लोकान्तर खोजको सार्थक परिणाम : प्रहरी प्रमुखमा अर्याल नियुक्त

कात्तिक २०, २०७४

NTC
Marvel
Premier Steels
IME BANK INNEWS
काठमाडौं, २८ चैत – सरकारले नेपाल प्रहरीको प्रमुख (प्रहरी महानिरीक्षक) पदमा डीआईजी प्रकाश अर्याललाई बढुवा गरेको छ ।

आर्थिक वर्ष २०६९/०७० देखि २०७२/०७३ सम्मको कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गरेको,  कार्यक्षमता   र कार्यदक्षता समेतको आधारमा अर्याललाई प्रहरी प्रमुखमा बढुवा गरिएको  विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले  लोकान्तरलाई जानकारी दिए  ।  सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय लिएको हो ।

लोकान्तर डटकमले चार आर्थिक वर्षको कार्य सम्पादन मूल्यांकन गणना गर्दा अर्यालको अंक सबैभन्दा बढी भएको खोजमूलक समाचार १२ दिनअघि सार्वजनिक गरेको थियो । लोकान्तर डटकमले सार्वजनिक गरेको चारजना डीआईजीको कार्य सम्पादन मूल्यांकन विवरण र मन्त्रिपरिषदमा अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्न गृह मन्त्रालयबाट लगिएको प्रस्ताव मिल्छ ।

यसअघि सरकारले गएको फागुन १ गते डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । चन्दको बढुवाविरुद्ध परेका दुई छुट्टाछुट्टै रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारी निर्णय कार्यान्वयनमा रोक लगाइदिएको थियो । प्रहरी महानिरीक्षक पदका लागि मुख्यतः डीआईजीहरू नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी प्रतिस्पर्धामा थिए ।

वरीयताक्रममा तेस्रो नम्बरमा रहेका चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय सरकारले गरेपछि सर्वोच्च अदालतले त्यसमा रोक लगाएको थियो ।

प्रहरी महानिरीक्षक पदका अर्का प्रत्यासी डीआईजी नवराज सिलवालले वरीयतामा आफू अघि रहेको जिकिरसहित सर्वोच्चमा रिट दिएका थिए ।

धेरै चरणको छलफलपछि लामो आदेश जारी गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीसहित पाँचजना न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले चार डीआईजीमध्ये सिलवालको अंक बढी भएको बताएको थियो ।

सर्वोच्चले कासमू बढी हुने डीआईजीलाई प्रहरी प्रमुख बनाउन सरकारका नाममा परमादेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि चारजना डीआईजीको कासमूको सिलबन्दी खाम खोल्दा अर्यालको अंक बढी भएपछि गृह मन्त्रालयमा ठूलै हलचल मच्चिएको थियो ।

लोकान्तरले एक साता लगाएर गरेको खोजले पनि लोकसेवा आयोग, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा रहेको अभिलेखका आधारमा अर्यालकै अंक बढी रहेको देखिएको थियो ।

सर्वोच्चले नवराज सिलवालको कासमू अंक बढी भएको उल्लेख गर्दै जसको बढी कासमू हुनेलाई नै प्रहरी महानिरीक्षक बनाउन आदेश दिएको थियो । नवराज सिलवाललाई नै प्रहरी प्रमुख बनाउनु नभनेपनि घुमाउरो शैलीमा अदालतले उनलाई नै प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको थियो ।

यसअघि लोकान्तरले सार्वजनिक गरेको खोज यस्तो छ :

सर्वोच्चको आदेशपछि डीआईजीको फाइल खोल्दा गृहमा ‘भुइँचालो’ ! [लोकान्तर खोज]

yONNEX
Frooti
Appy

Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Lokantar App
Saurya island
JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ ७, २०८०

जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा पीडित किशोरीको जन्म दर्तासम्बन्धी कागज मगाउने आदेश गरेको छ ।   न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले आज यसअघ...

बैशाख २६, २०८०

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको स्वतन्त्रता सम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने बताएका छन् । मंगलवार ...

बैशाख २८, २०८०

नक्कली शरणार्थी ठगी प्रकरणमा हाई–प्रोफाइल व्यक्तिहरू समेत पक्राउ परे पनि बलिया प्रमाण भने अझै संकलन भइनसकेको पाइएको छ । सोही कारण उनीहरूलाई अदालतमा पेश गर्दा अभियोग पुष्टि गर्न आवश्यक पर्ने ठोस प्रमाणको अभ...

जेठ १२, २०८०

जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई पचास हजार घुससह...

जेठ ३, २०८०

सर्वोच्च अदालतले तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग फुकुवासम्बन्धी विवादमा बहस नोट माग गर्ने आदेश गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ...

जेठ ७, २०८०

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज (आइतवार) प्रतिवेदन नबुझाउने भएको छ । तयारी नपुगेकाले भोलि मात्र प्रतिवेदन बुझाउने भनेर सन्देश आएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

ad
x