×

NMB BANK
NIC ASIA

सराहनीय सहकारी

किसानले खोलेको सहकारी सर्वोत्कृष्ट, औद्योगिक घरानालाई उछिन्दै उत्कृष्ट करदाता

पुस ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चिया चौतारीको गफसँगै जन्मिएको सहकारी आज सुदूरपश्चिमकै उत्कृष्ट बनेको छ ।

Muktinath Bank

२०५२ कात्तिक १७ गते कैलालीको लम्कीमा स्थापित किसान बहुउद्देश्यीय सहकारी संस्था आज जिल्लाको उत्कृष्ट करदाता हुँदै प्रदेशकै सर्वोत्कृष्ट बन्न सफल भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सामान्यतया चिया चौतारीमा गफ गर्ने बेला सहकारी बनाएर केही गर्नुपर्‍यो भनेर एनआरएनको सियो इन्द्रकुमार शाहले भन्नुहुन्थ्यो । चिसापानीभन्दा अलिमाथि पितमारी भन्ने ठाउँमा उहाँको पसल थियो । उहाँसँग गफसफ हुँदै गयो,’ संस्थापक समेत रहेका सहकारीका अध्यक्ष सुरेन्द्रकुमार शाहले विगत सुनाउँदै भने, ‘सल्यानमा कृषि विकास बैंकको जागिरे रहनुभएका उहाँ जागिर छोडेर आउनुभयो । इन्द्रकुमारकै नेतृत्वमा विधिवत् रुपमा शुरू गर्‍यो ।’


Advertisment
Nabil box
Kumari

२५ जना संस्थापक शेयर सदस्यको ६० हजार ३ सय शेयर पुुँजीबाट शुरूवात भएको किसानबाट हाल ५५ हजार ६६२ हजार शेयर सदस्य छन् । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा शेयर पुँजी १२ करोड ८ लाख र शेयर पुुँजी कोष २२ करोड नाघेको छ । ३ अर्ब १५ करोडको वार्षिक कारोबार गर्दै आएको किसानको चालू आवको कात्तिकसम्मको मुनाफा ३ करोड ३३ लाख १८ हजार पुगेको छ ।

Vianet communication
Laxmi Bank

सहकारीप्रति किसान, विपन्न वर्गको विश्वनीयता बढ्दै गएपछि किसानले लगानी पनि बढाउँदै गएको बताइन्छ । किसान सहकारीका विभागीय प्रमुख रण साउँदका अनुसार किसानले कात्तिक मसान्तसम्म २ अर्ब ६५ करोड लगानी गरेको छ भने १ अर्व ७७ करोड निक्षेप संकलन गरेको किसानको कर्जा लगानीमा रहिरहेको रकम २ अर्व ६५ करोड नाघेको हो ।

द्वन्द्वले बन्द

१० वर्षे सशस्त्र द्वन्द्वकालको शुरूआतसँगै जन्मिएको सहकारीलाई हालसम्मको यात्रा भने त्यति सहज भएन । सशस्त्र द्वन्द्वको चपेटामा सहकारी नै धरासायी भएको बताइन्छ । 

सहकारीका विभागीय प्रमुख साउँद भन्छन्, ‘सहकारी वित्तीय कारोबार गति लियो । उता माओवादीको सशस्त्र द्वन्द्वले पनि गति लियो । उत्कर्षमा पुग्यो । २०५८ ताका कार्यालयमा नै तोडफोड भयो । आगजनी गरियोे । अन्ततः बन्द नै भयो । बडो मुस्किलले कागजातहरू बाकसमा लुकाएर राखियो । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आउन थालेपछि २०६२ देखि पुनः सुचारु भयो ।’

१ दशकअघिसम्म कैलालीसहित सुदूरपश्चिमको ग्रामीण भेगमा बैंकिङ पहुँच शून्य नै थियो । ग्राहकले बैंक खोज्दै हिँड्नुपर्ने बाध्यता थियो तर अब बैंकले ग्राहक खोज्नुपर्छ भन्ने धारणालाई विकसित गर्दै किसान अगाडि बढेको छ ।
जिल्लाको ग्रामीण भेगमा आफ्नो सेवा विस्तार गर्दै टोल–टोलमा पुग्न सफल भएको हो किसान ।

‘विना धितो ऋण दिने लघुवित्त कार्यक्रम २०६४ देखि कार्यक्रम शुरूआत गरेपछि शेयर सदस्यहरूमा हामी ठूलो जोखिममा त परिरहेका छैनौं भन्ने आशंका पनि थियो,’ विभागीय प्र्रमुख साउँदले थपे, ‘पछि कार्यक्रम शुरूवात गरेका पूर्वी जिल्लाका सहकारीहरूको अवलोकनपछि गर्न सकिन्छ भन्ने आँट पलायो । शुरू गरियो ।’

जम्मा १८ सेवा केन्द्र र ३ वटा बैकिङ कार्यालयसहित २१ स्थानबाट सेवा दिँदै आएको सहकारीबाट ५४ हजार ८९४ भन्दा बढीले सेवा लिँदै आएका छन् भने १७२ जनालाई रोजगारी प्रदान गरेको हो ।

शुरूआती अवस्थामा मल, विउबिजनको बिक्री वितरणको काम गरेको किसानले आज आफ्नो सेवाको दायरा निकै फराकिलो बनाएको छ । २०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्न इजाजत पाएपछि सहकारीले आधुनिक प्रविधिको प्रयोग गर्दै बैंकिङ सेवा दिँदै आएको छ ।

बचत संकलन, ऋण प्रवाह, मोबाइल बैंकिङ सेवादेखि ट्याबलेट बैंकिङमार्फत सरल र विश्वनीय सेवा टोल–टोलमा पुगेर दिँदै आएको छ भने आईभीआर सेवामार्फत आफ्ना सदस्यलाई सूचना सम्प्रेषण गर्दै आएको छ ।

सुदूरपश्चिममा सबैभन्दा पहिले एटीएम सेवा दिने पहिलो सहकारी किसान हो । २०७४ पुसदेखि एटीएम सेवा शुरू गरेको किसानको एटीएमबाट विना अतिरिक्त शुुल्क देशभरको बैंकबाट पैसा झिक्न सकिने व्यवस्था मिलाएको विभागीय प्रमुख साउँद बताउँछन् । ट्याबलेट बैंकिङ सफलतापूर्वक सञ्चालन गर्ने नेपालमै पहिलो रहेको समेत उनको दाबी छ ।

किसानलाई आधुनिक कृषि सिकाउँदै 

राज्यले सरकार, सहकारी र निजी क्षेत्रको माध्यमबाट अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ । राज्यले सहकारी क्षेत्रको विकासमा स्पष्ट कार्यदिशा अवलम्बन गरेयता सहकारी संस्थाहरु खुल्ने क्रम बढेको छ । धेरै सहकारी संस्था फड्को समेत मारेका छन् ।

‘एक सहकारी एक उत्पादन’ भन्ने सरकारी नीति अनुसार सहकारी उत्पादनमा केन्द्रित छन् । किसानले पनि बैंकिङ कारोबारसँगै उत्पादन कार्यलाई अगाडि बढाएको छ । वित्तीय साक्षरतासँगै ग्रामीण भेगका किसानलाई सीपमूलक तालिम र आधुनिक कृषि प्रणाली सिकाउन थालेको विभागीय प्रमुख साउँद बताउँछन् ।

किसानले जिल्लाको जानकी गाउँपालिका–९ अमरावतीमा पाइलट प्रोजेक्टको रुपमा एकीकृत कृषि फर्म शुरू गरेको हो ।

‘बचत संकलन गरेर, ऋण बाँडेर मात्रै हुँदैन । सरकारको नीतिलाई सार्थकता दिन पनि हामीले अब किसानलाई नयाँ प्रविधि सिकाउनुपर्छ । उत्पादनलाई वृद्धि गरी बजारीकरणमा पनि सहयोग गर्ने उद्देश्यका साथ १ वर्षयता एकीकृत कृषि फर्म सञ्चालन गरेका छौं,’ उनले भने । उनका अनुसार साढे २ विघा जमिन लिजमा लिएर आधुनिक एकीकृत कृषि फर्म सञ्चालनमा ल्याइएको छ । ३ जना जेटीए राखेर उत्पादनसँगै किसानलाई कृषिको नयाँ प्रयोगहरू सिकाउनुको साथै परामर्श दिँदै आएको छ ।

हाल फर्ममा १५० वटा प्लास्टिक टानेलभित्र काँक्रा रोपिएको बताइएको छ । जहाँ ५० जनाको रोजगारी सिर्जना गरिएको छ । 

हाल जिल्लाको ९० प्रशित किसान, महिला तथा विपन्न वर्गको सम्पर्क रहेको बताउँदै अध्यक्ष शाहले आगामी दिनमा अन्य जिल्लामा पनि सहकारीको सेवा विस्तार गर्ने योजना सुुनाउँछन् ।

उत्कृष्ट करदातासँगै प्रदेशको सर्वोत्कृष्टसम्म

उच्च वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै आएको किसानले अतुलनीय ख्याति कमाउन सफल भएको छ । आन्तरिक राजस्व कार्यालय धनगढीले आव २०७४/२०७५ मा जिल्लामै सबैभन्दा बढी कर भुक्तानी गरेको भन्दै हालै आठौं राष्ट्रिय कर दिवसको अवसरमा किसानलाई जिल्लाकै उत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको छ ।

सुदूरपश्चिमकै प्रमुख व्यापारिक क्षेत्र मानिने कैलालीका ठूला–ठूला व्यावसायिक प्रतिष्ठान, औद्योगिक घरानालाई उछिन्दै किसानले उत्कृष्ट करदाताको सम्मान ग्रहण गरेको हो । उसो त किसानले पाँचौं कर दिवसमा पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको हो ।

यति मात्रै होइन, किसानले गत असारमा सम्पन्न ९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसमा सुदूरपश्चिम प्रदेशमै सर्वोत्कृष्ट सहकारीको रुपमा सम्मानित भयो । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पदमाकुमारी अर्यालबाट नगद २० हजारसहित सम्मानित भएको हो । 

‘हामीले आफ्नो ठाउँको विकास नगरे कसले गर्छ ? मुलुकको समृद्धिको लागि जनता जाग्नैपर्छ तर यहाँ ठूला–ठूला औद्योगिक प्रतिष्ठानदेखि साना फर्मसम्मले कर चोरी गर्छन् । कर तिर्नुपर्दा पसिना चुहाउँछन् । पारदर्शी हुनै चाहदैनन्,’ विभागीय प्रमुख साउँद भन्छन्, ‘आज पारदर्शीता र विश्वासनीयताले समाज र राज्यले किसानलाई यहाँसम्मको ख्याति प्रदान गरेको हो ।’

हाल मुलुकमा बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, दुग्ध, उपभोक्ता, विद्युत् लगायत जम्मा ३४ हजार ५१२ सहकारी संस्था सञ्चालनमा छन् । किसान मुलुकको छैठौं ठूलो सहकारीमा पर्दछ ।

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले मंसिर २० गते आयोजना गरेको वित्तीय सम्मेलनमा प्रस्तुत केही तथ्यांकहरू -

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x