३१ असार २०८३, बुधबार

'ब्ल्याक पिंक' डान्स फेस्टिभलका उत्कृष्ट १० प्रतिस्पर्धी समूह छनौट

'ब्ल्याक पिंक' डान्स फेस्टिभलका उत्कृष्ट १० प्रतिस्पर्धी समूह छनौट

‘ब्ल्याक पिंक डान्स फेस्टिभलका उत्कृष्ट १० प्रतिस्पर्धी समूह छनौट गरिएको छ ।

प्रतियोगिताका लागि इच्छुक करीब २०० प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम प्रतिस्पर्धाका लागि १० प्रतियोगी समूह छनौट भएका हुन् । 

प्रतिस्पर्धाका लागि निर्धारित ३ जनाको उजुरी समूहले प्राप्त भिडियोहरू मध्येबाट  उत्कृष्ट १० प्रतियोगीको समूहलाई छनोट गरेको हो ।

मंगलवार छनोट गरिएका ती प्रतियोगी टीममा क्रमशः एच२बी (हर्ट टु बीट), सेलेस्टियल, ड्रीमिङ इन केपीओपी, क्रिडो–इन क्रु, दीपिका तामाङ, समिर खत्री, स्काई लिटिल वीङ, टी–ज्ञान्स्, ३एपीएम र लेगम छन् ।

डिसेम्बरको २८ तारिखमा काठमाडौंको सिल्भर ओके ब्यांकुइट एन्ड इभेन्ट सेन्टर, गैरीधारामा हुन लागेको कोरियन म्युजिक डान्समा सहभागिता जनाउनका लागि सहभागिता जनाउन चाहने व्यक्ति वा समूहले कुनै पनि के पप सङमा १ मिनेटको नाच रेकर्ड गरी सामसङ नेपालको आधिकारिक वेबसाइटमा भिडियो उपलब्ध गराउनुपर्ने प्रावधान तय गरिएको थियो ।

यसका लागि  कम्पनीले डिसेम्बर महिनाको २० तारिखसम्मको समय उपलब्ध गराएको थियो । त्यस अवधिसम्ममा आफ्नो के पप म्युजिकको डान्स भिडियो कम्पनीको इमेल [email protected] मा सब्मिट गर्नेमध्येबाट यी प्रतिस्पर्धी छनौट भएका हुन् ।

छनौटमा परेका १० प्रतिस्पर्धीले सामसङ नेपालका तर्फबाट ५/५ हजारभन्दा बढीको गिस्ट ह्याम्पर प्राप्त गर्ने छन् भने प्रतिस्पर्धाको दोस्रो चरण अर्थात २८ डिसेम्वरमा आयोजना हुने फाइनल राउण्डमा ४ सय भन्दा बढी दर्शककावीच कोरियन संस्कृतिले भरिपूर्ण डान्स गर्ने अवसर प्राप्त गर्ने छन् । त्यसक्रममा कोरियन संस्कृति झल्काउने किसिमले सहभागी दर्शकले समेत विभिन्न खालका ग्रिफ्ट समेत प्राप्त गर्ने छन् । 

कोरियाको संस्कृति झल्काउने सांगितक कार्यक्रम के पप ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ मा सहभागिता जनाउन प्रतिष्पर्धाकालागि बिशेष किसिमको कुनै नियम वा उमेर समूह तोकिएको थिएन । यसका कोरियन संस्कृतिमा रम्न र रमाउन चाहनेहरुले स्फूर्तरुपमा आ आफ्नो समूह वनाई आवद्ध भएका हुन् । सहभागीहरुलाई सामसङ नेपालको अफिसियल फेसवुक पेज मार्फत करिव २ हप्ताको अवधिसहित जानकारी गराइएको थियो । 

फाइनलमापुगेका १० टिम मध्ये टप थ्रि मा पर्ने टिमलाई सामसङ नेपलकातर्फवाट बिशेष पुरस्कार प्राप्त गर्ने छन् । जसमा प्रथम हुने टिमलाई चार सेट सामसङ ए८० फोन, दितिय हुनेलाई सामसङ ए५०एस र तृतीय हुनेलाई सामसङ ए३०एस फोन सेट उपलब्ध हुनेछ । 

के पप विदेशी बजारमा निकै प्रचलित कोरियाको संस्कृति झल्काउने सांगीतिक कार्यक्रम हो । नेपाली बजारमा रहेका गीत/संगीतका प्रेमीलाई पनि त्यो अवसरमा सहभागिता जनाउने, आफ्नो कला देखाउने र यस्ता गीत/संगीतप्रति इमोसनल्ली एट्याच हुने अवसर सिर्जना गर्ने उद्देश्यले सामसङले यसै वर्षदेखि नेपालमा अभियानको शुरूआत गरेको हो । नेपालमा कोरियन गीत विगतदेखि नै निकै पपुलर पनि छन् । 

ब्ल्याक पिंक कभर डान्स कन्टेस्ट नामको यो सांगीतिक कार्यक्रम के–पपको ग्रान्ड इभेन्ट अर्थात् फिनालीमा सहभागिता जनाउन कुनै शुल्क लाग्दैन । यसका सहभागिता जनाउन दर्शकले इन्ट्री पास मात्र लिए पुग्दछ । 

के पप कोरियाली पप अर्थात दक्षिण कोरियामा शुरू भएको लोकप्रिय संगीतको विधाहो । यो विधा सन् १९९० पछि शुरू भएको पाइन्छ । हाल कोरियमा मात्र नभई विश्वका धेरै मुलुकमा के पप  प्रसिद्ध छ । के पपको आधुनिक रुप सन् १९९२ पछि भएको मानिन्छ । जसले पूर्वी एसिया र दक्षिण पूर्व मात्र नभई पाकिस्तान, बंगलादेश, भारत, ल्याटिन अमेरिका, उत्तर अफ्रिका, दक्षिण अफ्रिका, मध्यपूर्व र पश्चिम विश्वभर व्यापक दर्शकहरु प्राप्त गर्न सकेको छ । 

नेपालमा रहेका कोरियन संस्कृति र संगीत पारखीका लागि यो एउटा  खुशीको खबर अवसर पनि हो । आफूलाई के पपको सांगीतिक आकर्षणमा उभ्याइसकेका र त्यसको प्रयासमा रहेका युवायुवतीका लागि सामसङले ल्याएको ‘ब्ल्याकपिंकडान्स फेस्टिभल’ले त्यो अवसर जुटाइदिएको छ ।  

दक्षिण कोरियामा शुरु भएको लोकप्रिय संगितविधा के–पप (कोरियालीपप) ले नेपालमा समेत बजार ओगटि सकेको छ । यस्तो अवस्थामा ‘ब्ल्याकपिंक डान्स फेस्टिवल’ नेपालमा ल्याइनुले कोरियन संस्कृतिवाट भरिपूर्ण डान्स प्रति आकर्षण भएका युवा युवतिका लागि यो अवसर जुटाएको छ । 

ब्ल्याक पिंक डान्स फेस्टिवल’ ले कोरियाली गित/संगित प्रेमीकालागि एउटा नविनतम प्लेटफर्म (अवसर) समेत सृजना गरिदिएको मात्र होइन सामसङको ए८० सिरिजकाचार–चार वटा फोन एकैपटक जिल्न सक्ने अवसर मात्र ल्याएको छैन यसका सहभागि १० टिमले ५/५ हजार रुपैयाँभन्दा बढीका गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्