२१ असार २०८३, आइतबार

युवतीलाई ‘बलि दिन’ भारत लैजान लागेको आशंकामा सात पक्राउ

पुस १०, २०७६
युवतीलाई ‘बलि दिन’ भारत लैजान लागेको आशंकामा सात पक्राउ

युवतीलाई बलि चढाउन भारत लैजान लागेको आशंकामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । एकजनालाई काठमाडौं र ६ जनालाई विराटनगरनजिकको सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । 

उनीहरूलाई तीन दिनको विशेष अप्रेसनपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेकामध्ये दुई महिला पनि छन् । प्रहरीले सबैको नाम गोप्य राखेको छ । ‘युवतीलाई बलि चढाउन लैजान खोजेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको छ,’ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले भने । स्रोतका अनुसार पक्राउ पर्नेमा उमेश माझी, कृष्ण तामाङ, उमेश साह, दिलीप पोदार, रन्जित चौधरी थारू, प्रेमामाया तामाङ र दिलकुमारी बुढामागर छन् । उनीहरूमध्ये एकजना काठमाडौंका र बाँकी सबै विराटनगरका हुन् ।

प्रवक्ता बोगटीका अनुसार, सुरुमा युवतीलाई पूजा गर्न भारत लैजान लागेको सूचना आएको थियो । अनुसन्धानमा खटिएको टोलीले उनीहरू विराटनगरआसपासको क्षेत्रमा रहेको जानकारी पायो । सीमा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरियो । 

प्रहरीका अनुसार बलि चढाउन लैजान खोजिएकी २१ वर्षीय युवती मोडल हुन् । उनको काठमाडौंमा कार्यालय छ । केही दिनअघि मोडलिङ गर्ने प्रस्तावसहित एक महिला उनको कार्यालय आएकी थिइन् । उनीसँगै केही पुरुष पनि थिए । पहिलो चरणमा मोडलिङ काठमाडौंमै गर्ने भनेका थिए । आकर्षक पारिश्रमिकको प्रस्ताव आएपछि युवती तयार भएकी थिइन् । फोनमा दुई पक्षबीच पटक–पटक संवाद भए पनि लिखित सम्झौता भने भएको थिएन । 

मोडलिङको लोकेसन विशेष कारणले काठमाडौंबाट विराटनगर सरेको खबर आएपछि युवती त्यहाँ पुगिन् । त्यहीबीच उनीहरूले युवतीलाई मासु, मदिरा खाने गरे–नगरेको सोधे । युवती नखाने बताएपछि महिनावारी भए–नभएको सोधे । उनले अहिले नभएको बताइन् । त्यसपछि उनीहरुले सुटिङको लोकेसन नेपाल–भारत सीमा क्षेत्रआसपास हुने बताए ।  शंका लागेपछि युवतीले सुटिङको सबै ‘डिस्क्रिप्सन’ मागिन् । उनीहरूले ‘डकुमेन्ट्री सुटिङ’ गर्नुपर्ने र त्यसका लागि तान्त्रिक पूजा गर्नुपर्ने भएकाले मासु, मदिरा नखाने र महिनावारी नभएकी युवती चाहिएको बताएका थिए । त्यसपछि ती युवतीले प्रहरीलाई खबर गरेकी थिइन् ।   नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्