बिहीवार परेको सूर्यग्रहणलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हेरेको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा शुरू भएको छ ।
मोदीले सूर्यग्रहण हेर्नका लागि उपयोग गरेको चश्माको मूल्यलाई मानिसहरूले चर्चाको विषय बनाए ।
उनले ग्रहणको तस्वीर अप्लोड गरेपछि एकजना प्रयोगकर्ताले लेखे, ‘प्रधानमन्त्री मोदीजी, तपाईंका यी तस्वीरको मिम बन्दैछ ।’ त्यसमा मोदीले जवाफ फर्काए, ‘स्वागत छ, आनन्द लिनुस् ।’
त्यसपछि मानिसहरूले चश्माको मूल्यको कुरा झिके ।
एक प्रयोगकर्ताले त्यो चश्मा जर्मनीमा बनेको भन्दै मूल्य लेखे । यो मेबाख आईवेयरको मूल्य दुई हजार एक सय ५० डलर अर्थात् लगभग डेढ लाख भारु पर्ने भन्दै उनले लेखे ।
एजेन्सी