२२ असार २०८३, सोमबार

लटरी जितेको खबर पाएपछि टीभी पत्रकारले लाइभ चल्दै गर्दा जागिर छोड्ने बताइन्, पछि हिस्स (भिडियो)

लटरी जितेको खबर पाएपछि टीभी पत्रकारले लाइभ चल्दै गर्दा जागिर छोड्ने बताइन्, पछि हिस्स (भिडियो)

स्पेनको एक टीभी पत्रकारले लटरी जितेको थाहा पाएपछि लाइभ कार्यक्रम चल्दै गर्दा जागिरबाट राजीनामा दिने बताएकी छन् । तर पछि गएर उनलाई थाहा भयो, जितेको रकम त थोरै पो रहेछ । 

आरटीभीईकी रिपोर्टर नतालिया एस्कुदेरो लाइभ चल्दै गर्दा लटरी जितेको थाहा पाएपछि खुशीले चिच्याइन् । चिच्याएपछि उनले दर्शकहरूसँग माफी मागिन् । उनले आफ्ना सहकर्मीहरूलाई भोलिदेखि आफू काममा नआउने बताइन् । उनलाई ४० लाख युरो जितेको जस्तो लागेछ । 

घटनाको फूटेजमा एस्कुदेरो खुशीले उफ्रेको र हावामा मुट्ठी उज्याएको देखिन्छ । क्रिसमसको लटरी परिणामको घोषणा हुँदै गर्दा उनको नम्बर पनि घोषणा भएपछि उनी खुशी भएकी थिइन् । 
प्रसारणकै क्रममा उनले सहकर्मीहरूलाई अब आफू काममा नआउने बताएकी थिइन् । 

तर उनले जम्मा ५ हजार युरो जितेको थाहा पाएपछि तत्कालै गल्ती महसूस गरिन् । 

पहिलोपटकको प्रसारणपछि एस्कुदेरो क्यामरामा फेरि देखिइन् र आफ्नो ओठ बन्द गरेको संकेत गरिन् । 

उनले आरटीभीईका दर्शकहरूसँग माफी माग्दै आफूले भावनात्मक व्यवहार देखाएको र व्यावसायिक धर्म निर्वाह नगरेको स्वीकार गरिन् । 

उनले ट्वीट गर्दै आफू विगत २५ वर्षदेखि पत्रकारका रूपमा गौरवशाली र कठोर मेहनतका साथ काम गरिरहेको बताइन् । 

आफू विगत केही महिनादेखि अप्ठ्यारो समयको सामना गरिरहेको र कामबाट केही समयका लागि छुट्टी लिन लागेको पनि बताइन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्