
भक्तपुर नगरपालिका सम्पदा जोगाउन लागेको छ। नगरपालिकाले बिहीबार मात्र ३२९ वर्ष पुरानो दुईवटा नगराको पुन:स्थापना गरेको हो।
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिका अनुसार भ्रमण वर्ष २०२० को अवसरमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु मन्दिर परिसरमा रहेको नगरालाई सिद्धिलक्ष्मी मन्दिर अगाडिको ताहा सत्तल (तबा सत्तल) मा पुनःस्थापना गरिएको हो।