
ललितपुरको सानेपामा शनिबार बेलुका आगलागी भएको छ। गाडी ग्यारेज नजिकै रहेको कबाड कारखानामा आगो लागेको ललितपुर प्रहरीले जनाएको छ। आगो कवाडीबाट फैलिएको हाे।
आगलागी नियन्त्रणमा लिन ६ वटा दमकल परिचालन गरिएको थियाे। त्योसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै स्थानीय बासिन्दा आगलागी नियन्त्रणमा परिचालित भए।आगलागीबाट मानवीय क्षति भएको छैन भने के कति धनमालको क्षति भयो भन्ने यकिन विवरण आउन सकेको छैन।