१६ असार २०८३, मंगलबार

खाना पकाउने ग्यासको माग बढ्यो

पुस १३, २०७६
खाना पकाउने ग्यासको माग बढ्यो

देशभर बढेको चिसोसँगै एलपी ग्यासको माग बढेको छ ।

चिसोमा हिटर ताप्ने, पानी तताउने र कोठा तातो बनाउनेलगायतका गतिविधि बढेपछि ग्यासको माग बढेको नेपाल आयल निगमले जनाएको छ  ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार चिसो बढेपछि १२ देखि १५ प्रतिशत माग वृद्धि भएको छ । निगमले पनि मागबढेको जनाएको छ ।

निगमका निर्देशक दीपक बरालले भने,‘चिसो बढेपछि तीन हजार मेट्रिक टन ग्यासको माग बढेको छ, अझै बढ्ने सम्भावना देखेका छौं, चिसोमा ग्यासको प्रयोग बढी हुने भएकाले माग बढेको हो ।’

निगमले मासिक ३७ हजार मेट्रिक टन ग्यास आपूर्ति गर्छ तर गत महिनामा ४० हजार मेट्रिक टन ग्यास आयात गरेको छ । माग बढेकाले आपूर्ति बढाइएको निगमले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्