१४ असार २०८३, आइतबार

स्नातक तहको सातौं र आठौं सेमेष्टरको नतिजा प्रकाशन

स्नातक तहको सातौं र आठौं सेमेष्टरको नतिजा प्रकाशन

पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तहको सातौं र आठौं सेमेष्टरको नियमित तथा पुनः परीक्षाको सबै कार्यक्रमका परीक्षाफल आज प्रकाशन गरेको छ।
 
विश्वविद्यालयका परीक्षा नियन्त्रक डा भरतराम ढुङ्गानाका अनुसार बिबिए, बिबिए–बिआई, बिबिए–टिटी, बिएचएम, बिएचसिएम, र बिसिआइएस कार्यक्रमका परीक्षामा ७८।५३ प्रतिशत र बिसिए कार्यक्रममा ७७।४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्