०२ साउन २०८३, शनिबार

प्रियंका गान्धीलाई स्कुटीमा लैजाने कांग्रेस नेतालाई प्रहरीले काट्यो ६१०० को चिट

प्रियंका गान्धीलाई स्कुटीमा लैजाने कांग्रेस नेतालाई प्रहरीले काट्यो ६१०० को चिट

भारतीय कांग्रेसका एक जना नेतालाई त्यहाँको  ट्राफिक प्रहरीले ६ हजार १ सय रुपैयाँ जरिवाना गराएकाे छ। ती नेता हुन् राजस्थानका कांग्रेसका विधायक धीरज गुर्जर।

गुर्जर तिनै नेता हुन्, जसले शनिबार बेलुका मात्र कांग्रेस अन्तरिम अध्यक्ष प्रियंका गान्धीलाई  स्कूटीमा बसाएर सेवानिवृत्त आईपीएस अधिकारी दारापुरीको घर पु-याएका थिए।

धीरजलाई लखनउ ट्राफिक प्रहरीले चिट काटेको हो।

प्रहरीका अनुसार  चालक अनुमति नहुँदा उनलाई २ हजार ५ सय  रुपैयाँको चिट काटिएको हो, भने हेलमेन्ट बिना स्कुटी चलाएकाे कसुरमा थप ५ सय र  ट्राफिक नियम उल्लंघन गरेको कसुरमा ३ सय रुपैयाँको चिट काटिएको हो। त्यस्तै,  खराब नम्बर प्लेटका लागि ३ सय र  गलत तरिकाले स्कुटी चलाएको आरोपमा २ हजार ५ सय रुपैयाँको चिट काटिएको हो। 

शनिबार बेलुका प्रियंकाले लखनउमा पैदल मार्च गरेकी थिइन्।  एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्