०४ असार २०८३, बिहीबार

एटीएम फुटाएर पैसा चोरिरहेका दुई जना पक्राउ

एटीएम फुटाएर पैसा चोरिरहेका दुई जना पक्राउ

प्रहरीले सिटिजन बैंकको एटीएम फुटाएर रकम चोरी गर्न लागेका २ जनालाई पक्राउ गरेको छ। 

चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित एटीएम  फुटाएर रकम चोरिरहेका चित्रबहादुर शाही र नन्दराज धराल शनिबार राति पक्राउ परेका हुन्।

उक्त एटिएम मेसिनभित्र राखेको नगद चोरी गर्ने उद्देश्यले एटिएम राखेको सटरको ताल्चा र मेसिन समेत फुटाएर क्षति पुर्‍याईसकेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो। 

उनीहरुको साथबाट एटिएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलामको रेन्च र चक्कु प्रहरीले बरामद गरेको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्