१० साउन २०८३, आइतबार

देहव्यापारका लागि छोरीलाई पुरुषकहाँ सुम्पने आमा...

देहव्यापारका लागि छोरीलाई पुरुषकहाँ सुम्पने आमा...

आफ्नी छोरीलाई देहव्यापारमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन्। खबर अनुसार ती महिलाले मानसिक रुपमा विछिप्त छोरीलाई पुरुषकहाँ पठाएको खुलेको हो।

उनले छोरीको अनुमति बिना नै  डेटिङ प्रोफाइल पनि बनाएकी थिइन्।  यो घटना थाइल्यान्डको, बैंकको हो। प्रहरीको भनाइ छ, कि ती महिला पहिले आफ्नी छोरीलाई पुरुषसँग सुत्न पठाउँथिन्।

पछि पुरुषलाई ब्ल्याकमेल गरेर लाखौँ रुपैयाँको माग गर्थिन्। महिलाले ती पुरुषहरुलाई आरोप लगाएकी थिइन् कि, उनीहरु मेरी छोरीसँग शारीरिक सम्बन्ध राख्न कोसिस गरिरहेका छन्। 

डेली मेलको रिपोर्ट अनुसार थाइल्यान्डको एउटा अदालतले ती महिलाविरुद्ध  अरेस्ट वारेन्ट जारी गेरपछि पक्राउ परेकी हुन्। ती महिला सरकारी कर्मचारीको पोशाक लगाएर ती पुरुषकहाँ जान्थिन्। र, उनीहरुलाई कानुनी कारबाही गर्ने धम्की दिन्थिन्। -एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्