१६ असार २०८३, मंगलबार

भाइरल भयो बरुणसँग नोराको रोमान्स भिडियो [भिडियोसहित]

पुस १४, २०७६
भाइरल भयो बरुणसँग नोराको रोमान्स भिडियो [भिडियोसहित]

नोरा फतेही एक पटक फेरि चर्चामा आएकी छन् । उनी जबजब डान्स फ्लोरमा आउँछिन् उनको डान्सको चर्चा हुन्छ ।

अहिले उनी रेमो डिसुजाको फिल्म ‘स्ट्रिट डान्सर’का कारण चर्चामा छिन् । फिल्ममा उनी महत्वपूर्ण भूमिकामा छिन् । उनले आफ्नो डान्स कौशल देखाउने राम्रो अवसर पाएकी छन् । 

नृत्यको साथमा उनी अभिनय पनि गर्दै छिन् ।नोरा स्ट्रिट डान्सरलाई लिएर निकै उत्साहित छिन् । हालै फिल्मको नयाँ गीत रिलिज भएको छ । यो गीतमा उनी अभिनेता बरुण धवनसँग कम्मर मर्काउँदै देखिएकी छन् ।

उनी आफ्नो डान्सिङ स्टेप्समा सधैं नयाँ प्रयोग गर्छिन् । त्यसैले दर्शक उनको नृत्य हेर्न लालायित हुन्छन् । अहिले उनको चलचित्रको नयाँ गीत ‘हाय गर्मी’ले धूम मच्चाइरहेको छ । अन्नपूर्ण पोस्टमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्