०६ साउन २०८३, बुधबार

भारतका सेनाप्रमुखलाई बनाइयो पहिलो चीफ अफ डिफेन्स स्टाफ, के छ महत्त्व ?

भारतका सेनाप्रमुखलाई बनाइयो पहिलो चीफ अफ डिफेन्स स्टाफ, के छ महत्त्व ?

भारतीय सेनाप्रमुख जनरल बिपिन रावतलाई देशको पहिलो चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) बनाइएको छ । यस पदमा रावतको कार्यकाल तीन वर्षको हुनेछ । उनी पदमा ६५ वर्षको उमेरसम्म रहनेछन् । 

रावत मंगलवार स्थल सेनाप्रमुखको पदबाट सेवानिवृत्त हुँदैछन् । 

केन्द्र सरकारले चीफ अफ डिफेन्स स्टाफको कार्यकाल तीन वर्षका लागि थप बढाएको हो । अब सीडीएसको रिटायर हुने उमेर ६५ वर्ष हुनेछ । पहिला ६२ वर्षमै रिटायर हुने प्रावधान थियो । 

सीडीएसको जिम्मेवारी भनेको तीनै सेनासँग जोडिएको मामिलामा रक्षामन्त्रीलाई सल्लाह दिने हो । सीडीएस नै रक्षामन्त्रीको प्रमुख सैन्य सल्लाहकार हुनेछ । तर सैन्य सेवासँग जोडिएको विशेष मामिलामा तीनै सेनाका प्रमुखले पहिलेजस्तै रक्षामन्त्रीलाई सल्लाह दिनेछन् । 

सीडीएसले सैन्य अभियानका बेलामा तीनै सेनाबीच तालमेल मिलाउने काम गर्नेछ । उसलाई तीनै सेनाका प्रमुखहरू बराबरकै तलब दिइनेछ । 

सीडीएसले रक्षासचिवको स्वीकृतिविना नै रक्षामन्त्रीसँग सीधा भेटघाट गर्न पाउनेछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्