नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपैयाँले मूल्य वृद्धि भएको छ ।
सोमवार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार पुगेको छ ।
अघिल्लो वर्ष २०७५ पुस १४ गते सुनको मूल्य प्रतितोला ५९ हजार पाँच सय रुपैयाँ थियो ।
उक्त महिनामा यसको अधिकतम मूल्य ६० हजार सात सय रुपैयाँ कायम भएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।