०२ साउन २०८३, शनिबार

वार्षिकोत्सवमा ग्लोबल बैंकको रक्तदान कार्यक्रम

वार्षिकोत्सवमा ग्लोबल बैंकको रक्तदान कार्यक्रम

ग्लोबल आइएमई बैंकले १३औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रम आयोजना गरेको छ । 

बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रमा ४७७ जना बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीहरुले रक्तदान गरे। 

केन्द्रीय कार्यालयको आयोजनामा बैंकको कान्तिपथ शाखा तथा उपत्यका बाहिर ७ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । 

उपत्यका बाहिर प्रदेश १ को बिराटनगर शाखा, प्रदेश २ को जनकपुर शाखा, प्रदेश ३ को नारायणगढ र चितवन भण्डारा शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, प्रदेश ५ को बुटवल चौराहा शाखा र नेपालगञ्ज शाखामा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा यही पौष १७ गते देखि एक महिना सम्म विभिन्न सामाजिक कार्यहरु आयोजना गर्दैैछ। 
 

salt training

कमेन्ट गर्नुहोस्