
जगदम्बा सिमेन्ट तथा शुभश्री जगदम्बा सिमेन्टले आफूले उत्पादन गरेको सिमेन्टको गुणस्तरमा कुनै गिरावट नआएको बताएको छ। यो उद्योगले पीपीसी, ओपीसी तथा पीएससी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
उद्योगले बिहीबार विज्ञप्ति जारी गरेर भनेको छ, ‘यी उत्पादन नेपाल गुणस्तर चिह्न तथा आइएसओ नाइनजिरोजिरोवन, टुजिरोजिरोएटबाट समेत प्रमाणित भएका छन्।’
कम्पनीका उत्पादन आफ्नै सुविधा सम्पन्न प्रयोगशालामा दैनिक रासायनिक तथा भौतिक परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाउने गरिएको उद्योगले दाबी गरेको छ। साथै जगदम्बा सिमेन्ट नेपाल गुणस्तरद्वारा प्रदान गरिने गरिमामय क्वालिटी अवार्डमा लगातार ३ पटक लेटर अफ एप्रिसिएसनद्वारा सम्मानित भएको समेत उसले स्मरण गराएको छ ।