०३ असार २०८३, बुधबार

'सीमा विवाद समाधान गर्ने ठूलो अवसर'

पुस १८, २०७६
'सीमा विवाद समाधान गर्ने ठूलो अवसर'

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल–भारत सीमा सम्बन्धमा पश्चिमतिरको आफ्नो अडानलाई नेपालले कायमै राखेको बताएका छन् ।

उनले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने स्पष्ट पार्दै उक्त अडान कायम भएको बताएका हुन् । 

राष्ट्रिय सभामा ‘नेपाल सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रको सीमा विवादसम्बन्धी विषय’मा सांसद खिमलाल भट्टराई प्रस्तावक र सांसद सरिता प्रसाईं समर्थक भई दर्ता गरेको संकल्प प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ मन्त्री ज्ञवालीले दिएका हुन् । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्