०५ असार २०८३, शुक्रबार

बेसारको प्याकेटजस्तो बनाएर सुन ओसार्दै भारतीय गिरोह, विमानस्थलबाटै समातिए २ जना

पुस १८, २०७६
बेसारको प्याकेटजस्तो बनाएर सुन ओसार्दै भारतीय गिरोह, विमानस्थलबाटै समातिए २ जना
फाइल तस्वीर

प्रहरीले बेसारको प्याकेटजस्तो बनाएर सुन ओसार्ने दुई जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । 

यात्रु पस्थान गर्ने भवनको शौचालयबाट प्रहरीले बेसारको पोकाजस्तो देखिनेगरी ल्याइएको सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

दुबईबाट काठमाठौं ओर्लिएका कासिब मोहम्मद र नयाँ दिल्ली हुँदै काठमाडौं आएका मुसाफिन मोहम्मद लाई विमानस्थलमा खटेको महानगरिय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । 

उनीहरूको साथबाट ४ वटा बेसारको प्याकेटजस्तो देखिने वस्तु बरामद  भएको मशाहाखाले जनाएको छ । राजधानी दैनिकमा खबर  छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्