०३ असार २०८३, बुधबार

कुद्स कमान्डर मारिएकोमा खतरनाक बदला लिने इरानको चेतावनी

कुद्स कमान्डर मारिएकोमा खतरनाक बदला लिने इरानको चेतावनी

इरानका परराष्ट्रमन्त्री मोहम्मद जवाद जरिफले कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीलाई अमेरिकाले गरेको हत्या अन्तर्राष्ट्रिय आतंकवाद संज्ञा दिएका छन् । अमेरिकाले देखाएको अराजक रोमाञ्चको दुष्परिणाम उसले भोग्नुपर्ने जरिफको चेतावनी छ । 

सुलेमानीको मृत्युका विषयमा एक वक्तव्य जारी गरेर इरानका सर्वोच्च नेता अली खमेनीले ‘उनको रगतले हात रंगाएका अपराधीहरूमाथि बदला लिइने’ चेतावनी दिए । हवाई आक्रमणले पश्चिम एसियामा शत्रुहरूविरुद्ध तेहरानको प्रतिकार झन् बढ्ने उनले प्रतिज्ञा गरे । 

रक्षामन्त्री अमिर हतामीले सुलेमानीको मृत्युको कठोर बदला लिने प्रतिबद्धता व्यक्त गरे । ‘यस हत्यामा संलग्न तथा यसका लागि जिम्मेवार सबैजनासँग हामी बदला लिनेछौं,’ उनले भने ।

बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिक बिहीवार अमेरिकी हवाई आक्रमणमा सुलेमानी र अनेकौं इराकी मिलिसिया नेताहरू मारिएका थिए । अन्य दुई इराकी कमान्डरहरूलाई यूएस मरिन्सले पक्राउ गरेको पनि बताइएको छ । पेन्टागनले हवाई आक्रमणको पुष्टि गर्दै ‘भविष्यमा इरानले गर्ने आक्रमणलाई निरस्त पार्ने लक्ष्यले’ ती आक्रमणहरू गरिएको जनायो । 

अमेरिकामा डेमोक्रेट सिनेटर क्रिस मर्फीले यस घटनापछि ‘विशाल क्षेत्रीय लडाइँ’ हुन सक्ने चेतावनी दिए । 

‘इरानले अमेरिका तथा हाम्रा साझेदारलाई आक्रमण गरिरहेमा निकै भारी मूल्य चुकाउनुपर्ने र त्यसक्रममा उनीहरूको तेल प्रशोधन केन्द्र पनि ध्वस्त हुनेछन्,’ रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले बताए ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्