२२ असार २०८३, सोमबार

कर्णालीबाट नेकपाले छानेका उम्मेदवार भन्छन् – पार्टीले न्याय दियो

पुस १८, २०७६
कर्णालीबाट नेकपाले छानेका उम्मेदवार भन्छन् – पार्टीले न्याय दियो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाको सदस्यका लागि कर्णालीबाट उम्मेदवारमा सिफारिस भएका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ की सुमित्रा विसीले पार्टीले राम्रो मूल्यांकन गरेकाले लामो समयपछि न्याय पाएको बताएकी छन् ।

उम्मेदवार विसीले २०३५ सालदेखि पार्टीका विभिन्न पदमा रही काम गरेकी छन् ।

‘२०३९ सालमा पार्टी भूमिगत हुँदा पहिलोपटक पार्टी सदस्यता लिएको हुँ । सदस्यता हराएका कारण फेरि २०४३ सालमा पार्टी सदस्यता लिएकी हुँ,’ उनले भनिन्, ‘पार्टीको गाउँ कमिटी हुँदै हाल पार्टीको केन्द्रीय निर्वाचन आयोगमा सदस्यको रुपमा कार्यरत छु ।’

उनी तत्कालीन एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय सचिव थिइन् । ‘विगतमा लामो समय पार्टीको सांगठनिक अभ्यासमा सक्रिय थिएँ,’ उनले भनिन्, ‘अहिले संसदीय अभ्यास गर्ने पालो आउन लागेको छ । राष्ट्रियसभा सदस्यका रुपमा निर्वाचित भएपछि मैले सरकारलाई सफल बनाउन विगतभन्दा थप सशक्त भूमिका खेल्नेछु ।’

नेकपाका राष्ट्रिय सभाका उम्मेदवार मायाप्रसाद शर्माले जनअपेक्षा अनुसार काम गर्न राष्ट्रिय सभामा भूमिका खेल्ने बताए । ‘म त्यहाँ जाँदा कर्णालीका पीडा, जनताका दुःख–सुखका विषयमा आवाज उठाउने छु,’ उनले भने, ‘पछाडि पारिएको कर्णालीलाई राज्यको मूलधारमा ल्याउन मेरो भूमिका रहने छ । त्यसबाहेक जनचाहना बमोजिमका नीति बनाउन, पारित गर्न मैले भूमिका खेल्नेछु । विकास निर्माणमा आवाज उठाउने छु ।’

२०२० असार १५ गते भेरी नगरपालिका–११ जाजरकोटमा जन्मेका मायाप्रसाद नेकपा मशाल निकट अखिल छैठौंमा २०३८ सालमा आवद्ध भए । बीचमा केही समय शिक्षक भएर काम गरेका उनी २०४७ जेठदेखि पार्टीमा संगठित भएका हुन् । २०६४ सालमा सभासद् बनेका शर्मा २०३८ देखि विद्यार्थी, शिक्षक, किसान लगायतका संगठनमा संगठित भएका थिए । २०४२ देखि समाज सुधार युवा क्लब जगतिपुरको अध्यक्ष भइ कम्युनिस्ट पार्टीको काम गरेका, २०४७ जेठमा नेकपा मशालको खुलामञ्च नयाँ जनवादी मञ्चको उपाध्यक्ष र पार्टी सदस्यता प्राप्त, २०४७ मंसिरमा मशालको जिल्ला समिति सचिवालय सदस्य, २०४९ चैत्रदेखि पूर्णकालीन भई २०५१ देखि भूमिगत भएका थिए ।

‘२०५५ आश्विनदेखि दैलेख र सुर्खेतको संयुक्त जिल्ला सेक्रटरी, २०५७ माघदेखि पश्चिम क्षेत्रीय ब्यूरो सदस्य, २०६० सालमा केन्द्रिय सदस्य, २०६२ आश्विनको चुनवाङ बैठकपछि पार्टीका हरेक सदस्यहरू १–१ तह तल झर्ने नीति अनुसार सेतीमहाकाली ब्यूरो सचिवालय सदस्य, २०६३ चैत्रमा सेती ब्यूरो सेक्रटरी बनेको थिएँ,’ उनी भन्छन्, ‘२०६४ वैशाखदेखि गणतान्त्रिक मञ्च समन्वय समितिको संयोजक, २०६५ मंसिरमा केन्द्रिय सदस्य तथा भेरी कर्णाली राज्य समितिको सहइन्चार्ज, २०६९ असार २ देखि भेरी कर्णाली राज्य समितिको इन्चार्ज, २०६९ माघ २ गते सम्पन्न सातौं अधिवेशनदेखि पोलिटब्यूरो सदस्य तथा भेरी कर्णाली राज्य समिति इन्चार्ज, २०७२ कात्तिक २२ गतेदेखि सचिवालय सदस्य र २०७२ मंसिर ४ देखि भेरी–कर्णाली राज्य संयोजक, २०७३ मंसिर ११ देखि बसेको बैठकद्वारा कर्णाली प्रदेश संयोजक, हाल २०७५ जेठ ३ गतेदेखि नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) को केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सचिवको रुपमा काम गरिरहेको छु ।’

salt training

कमेन्ट गर्नुहोस्