२६ जेठ २०८३, मंगलबार

कांग्रेसले टुंग्यायो राष्ट्रियसभा सदस्य उम्मेदवार

पुस १८, २०७६
कांग्रेसले टुंग्यायो राष्ट्रियसभा सदस्य उम्मेदवार

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि ५ नम्बर प्रदेशबाट ३ जनाको नाम टुंगो लगाएको छ ।

पार्टी उच्च स्रोतका अनुसार महिला उम्मेदवारमा दाङकी गिरिजा न्यौपाने, अन्यबाट अर्घाखाँचीका बालकृष्ण पाण्डे र अल्पसंख्यकबाट बाँकेका मेराज हलुवाइको उम्मेदवारी पक्का भएको छ ।

न्यौपाने नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् । अर्घाखाँचीका पाण्डे कांग्रेसका केन्द्रीय सदस्य हुन् भने मेराज बाँके कांग्रेसका जिल्ला सदस्य हुन् ।

पार्टीको आधिकारिक निर्णय सार्वजनिक भइ नसकेपनि प्रदेशबाट ३ जनाको नाम टुंगो लागेको स्रोतको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्