१३ असार २०८३, शनिबार

ट्रकमा रहेको २१ किलो अवैध गाँजासहित ४ जना पक्राउ

ट्रकमा रहेको २१ किलो अवैध गाँजासहित ४ जना पक्राउ

प्रहरीले शनिवार बिहान करीब साढे १ बजे हेटौंडा–वीरगञ्ज सडक खण्डको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे र चुरियामाइको बीच जंगलमा बा५ख ७२६८ नम्बरको ट्रकबाट २१ किलो अवैध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा तस्करी गर्ने ट्रकमा यात्रारत राक्सिराङ गापा–५ बस्ने ३५ वर्षीय राजकुमार मोक्तान र ट्रक नियन्त्रणमा लिएको छ भने फरार रहेका ट्रकका चालकको खोजी भइरहेको छ ।

यसैगरी शनिवारै बिहान करीब साढे ३ बजे सोही सडकको सोही स्थानमा हेटौंडाबाट वीरगञ्ज जान लागेको रातोमाटे प्रहरी चौकीमा जाँच गर्न भारतीय डीए–३ सीएक्यू ४१७२ नंको कारलाई रोक्दा नरोकेपछि प्रहरीले पिछा गरी कार रोक्दा त्यसमा सवार ३ जनालाई भाग्ने क्रममा प्रहरीले पेस्तोलबाट हवाई फायर गरी नियन्त्रणमा लिएको छ । कारको पछाडिको सिटमुनि फल्सबटनमा लुकाएको अवैध गाँजा ३२ केजी पनि बरामद गरी कारसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

कारमा यात्रा गरिरहेका भारतीय चालक बिहारको मोतिहारी जिल्ला पूर्वीचम्पारण चैनपुरका ३७ वर्षीय दिलीपकुमार सिंंह, रघुनाथपुरका १८ वर्षीय उज्ज्वलकुमार ठाकुर, रौतहट जिल्ला यमुनामाई गापा–४ का विकास सिंह रहेका छन् ।

यसैगरी प्रहरीले जिल्ला अदालत मकवानपुरले २०७२ जेठ २७ मा डाका मुद्दामा ६ वर्ष कैद र ६३ हजार ७५० रुपैयाँ जरिवाना तोकिएको फैसलामा फरार रहेका हेटौंडा उपमहानगरपालिका–५ का २७ वर्षीय गोविन्द घिमिरेलाई बारा जिल्लाको सिमरामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले शनिवार पक्राउ गरेका सबैलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ गरिएका सबैलाई अदालतमा पेश गरिने प्रहरीले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्