
सुर्खेत र दैलेखको सीमानामा पर्ने गुराँसेमा शुक्रवार हिउँ परेपछि शनिवार हिउँ खेल्न जानेको संख्या अत्याधिक हुँदा सडकमा लामो जाम भएको छ ।
दैलेख र वीरेन्द्रनगरबाट हिउँ खेल्न एकैपटक धेरै सवारीसाधन आएका कारण लामो जाममा भएको हो ।
पत्रकार गोविन्द केसीले भने, ‘साँघुरो सडकमा एकाएक सयौं सवारीसाधन जाँदा लामो लाम लागेको छ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले जाम खुलाइरहेको बताए । ‘संयोगले शनिवार समेत परेकाले होला धेरै नागरिक हिउँको मजा लिन आइपुगेका छन्,’ गुराँसेमा जाम हटाइरहेका उनले भने, ‘गत वर्ष करीब ४ घण्टाभन्दा बढी जाममा पर्नुपरेको थियो । यो वर्ष पनि अवस्था त्यस्तै देखिएको छ ।’

