नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) ले हत्या, डकैती र लुटपाट मच्चाई सर्वसाधारणलाई त्रासमा पार्दै आएका साइला भनिने दुर्गाबहादुर तामाङलाई पक्राउ गरेको छ।
धादिङ जिल्लाको उत्तरी भेगका उनलाई पक्राउ गरी कास्कीको पोखराबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए।उनका अनुसार पहिचान बदलेर बसिरहेका अवस्थामा सिआइबीको टोलीले पक्राउ गरेको हो।
उनलाई आवश्यक कानूनी कारवाहीका लागि शनिबार जिल्ला प्रहरी कार्यालय धदिङमा बुझाइएको छ।
उनी व्यक्ति हत्यामा दोषी प्रमाणित भई फरार हुँदै आएका व्यक्ति हुन् । २०६७ मा धादिङको दार्खामा धारिलो हतियारले हानेर शिव थापालाई मारेको घटनामा अदालतबाट दोषी करार भई पाँच वर्ष सजाय तोकिएको थियो ।
त्यसपछि फरार हुँदै आएका उनले २०६९ सालमा पनि दार्खाको रातमाटेमा भीषण सिंखडालाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ ।
२०७६ मा पनि उनीसहित पूर्ण, वविन र मनोज तामाङको मिलेमतोमा धादिङ खनियाबासमा स्थानीयवासी कैलाश दीक्षितलाई खुकुुरी देखाई ज्यान मार्ने धम्की दिएर ६ लाख १० हजार लुटेको प्रहरीको अभिलेखमा उल्लेख छ ।