२८ जेठ २०८३, बिहीबार

१६ जिल्ला अस्पताल न्यूनतम सेवा मापदण्डमा फेल

पुस २०, २०७६
१६ जिल्ला अस्पताल न्यूनतम सेवा मापदण्डमा फेल

देशभरका ८३ मध्ये १६ जिल्ला अस्पताल न्यूनतम सेवा मापदण्डमा फेल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्ययनमा ती अस्पतालहरू न्यूनतम सेवा मापदण्डमा निकै कमजोर साबित भएका हुन् ।

मन्त्रालयले पहिलो चरणमा गरेको अध्ययनका क्रममा ८३ वटै अस्पतालमा न्यूनतम सेवा नभएको पाइएको थियो । सबै अस्पतालहरूले पूर्णांकको ४८ प्रतिशत मात्रै नम्बर पाएका थिए । तर, दोस्रो र तेस्रो चरणको अध्ययनमा धेरै अस्पतालले सुधार गरेका थिए । १६ अस्पतालमा भने तेस्रो चरणमा पनि न्यूनतम सेवा मापदण्ड उस्तै रहेको थियो । उनीहरूको स्कोर ६० प्रतिशतभन्दा कम रहेको छ । जिल्ला तहका अस्पतालहरूलाई प्रत्येक वर्ष स्वास्थ्य तथा जनसंख्था मन्त्रालयले न्यूनतम सेवा मापदण्डका लागि २४ देखि ४० लाख र एनएसआई नामक संस्थाले पाँच लाख अनुदान प्रदान गर्दै आएको छ । तर, जिल्ला अस्पतालहरूले दिने न्यूनतम सेवाको मापदण्ड भने निकै कमजोर छ । 

तीन संघीय अस्पतालको अवस्थासमेत नाजुक

जिल्ला अस्पतालहरू मात्रै होइनन् न्यूनतम सेवा मापदण्डमा संघीय अस्पतालहरू पनि निकै कमजोर देखिएका छन् । ११ वटा संघीय अस्पतालमध्ये नारायणी अञ्चल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अञ्चल अस्पतालले दिने स्वास्थ्य सेवामा प्रश्न उठेको छ । उनीहरूले जिल्ला अस्पतालको जति पनि न्यूनतम सेवा मापदण्ड तय नगरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकाश देवकोटाका अनुसार तीन अस्पतालको स्कोर (अंक) ५० प्रतिशतभन्दा कम छ । न्यूनतम सेवा मापदण्डका लागि कम्तीमा ८० प्रतिशत नम्बर ल्याउनैपर्ने हुन्छ । 

न्युनतम सेवा दिएको प्रमाणित हुन  २८० नम्बर आवश्यक

अस्पताहरूले दिएको सेवा न्यूनतम मापदण्डभित्र हुन कम्तीमा पनि दुई सय ८० नम्बर चाहिन्छ । त्यसमा ८० प्रतिशत अनिवार्य हुन्छ । तर, ६० प्रतिशतभन्दा माथिलाई पनि क्रमशः सुधार हुँदै गएको रूपमा मन्त्रालयले राखेको छ । मन्त्रालयले अध्ययनका क्रममा विभिन्न आठ शीर्षकमा दुई सय ९० प्रश्न बनाएर जम्मा तीन सय ५० पूर्णांकको परीक्षा लिएको थियो । जिल्ला अस्पतालले दिने सेवा सुविधामा वृद्धि गर्ने र न्यूनतम सेवा गुणस्तरीय रूपमा दिने उद्देश्यले उनीहरूको क्षमता मूल्यांकन गर्न यस्तो परीक्षा लिएको मन्त्रालयले जनाएको छ । ‘६ जिल्ला अस्पतालले एक सय ३३ नम्बर ल्याएका छन् भने, १० अस्पतालले दुई सय ६ नम्बर ल्याउन सफल भए । यसले उनीहरूले दिएको सेवा कमजोर छ भन्ने प्रमाणित गर्छ,’ डा. देवकोटाले भने । ६० देखि ६९ प्रतिशत नम्बर २२ अस्पतालले पाएका छन् । ७० देखि ७९ प्रतिशत ल्याउने २६ अस्पताल छन भने, ८० देखि ८९ प्रतिशत ल्याउने १५ अस्पताल छन् । ९० प्रतिशतभन्दा माथि ल्याउने जम्मा चार अस्पताल छन् । 

६ अस्पताल ज्यादै कमजोर 

८३ वटा अस्पताललाई वर्गीकरण गर्दा ३८ प्रतिशतभन्दा कम नम्बर पाउने अस्पतालको संख्या ६ रहेको छ । मलंगवा अस्पताल, पाल्पा अस्पताल, लमही अस्पताल, गौर अस्पताल, इनरुवा अस्पताल र रंगेली अस्पताल रहेका छन् । यस्तै, ९० प्रतिशत बढी अर्थात् तीन सय १५ नम्बर ल्याउनेमा सिन्धुली अस्पताल, दैलेख अस्पताल, गुलरीया अस्पताल, मातृशिशु मितेरी अस्पताल रहेका छन् । विशिष्ट मापदण्डमार्फत सम्पूर्ण अस्पताल सेवालाई स्तरीय बनाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितता गर्ने योजना मन्त्रालयले अघि सारेको छ ।  जिल्ला अस्पताल कम्तीमा मेडिकल जेनरलिस्ट वा मेडिकल अधिकृतको नेतृत्वमा रहनेछ । सामान्यतः जिल्ला अस्पतालमा १५ श्यया, तर जनसंख्याको आधारमा ५० श्ययासम्म हुनसक्ने छ । जिल्ला अस्पतालबाट सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्रीरोग तथा प्रसूति, बाल तथा शिशु सेवा दिनुपर्ने छ । नयाँ पत्रिकामा खबर  छ ।

salt training

कमेन्ट गर्नुहोस्