०४ साउन २०८३, सोमबार

फोहर फालिएको भाँडोमा गरीब तरकारीवालाले भेटे पर्ची, बने करोडपति

फोहर फालिएको भाँडोमा गरीब तरकारीवालाले भेटे पर्ची, बने करोडपति

कहिलेकाहीँ कुनै व्यक्तिलाई अचानक धनप्राप्ति भइदिन्छ । यस्तै एक घटना भारतको कोलकातामा एक गरीब तरकारीवालाले फोहर फ्याँक्ने भाँडोमा एउटा चिर्कटो भेटे । त्यो चिर्कटो उनी आफैंले फोहरको भाँडोमा फ्याँकेका थिए ।

ठेलामा राखेर तरकारी बेच्ने व्यक्तिले लटरीमा एक करोड भारु जितेका रहेछन् । उनले लटरीको टिकटलाई फोहरको भाँडोमा फ्याँकेका थिए । 

लटरी जितेको उनले थाहै पाएनन् । केही नजितिएको जस्तो लागेपछि उनले टिकट फोहरको भाँडोमा फ्याँके । तर पछि पो उनले किनेको टिकटले १ करोड भारु जितेको थाहा पाए । 

तरकारी बेच्ने मानिसको नाम सादिक हो । उनी कोलकाताको दमदम इलाकामा ठेलामा राखेर तरकारी बेच्छन् । सादिकले पत्नीसँग नयाँ वर्षभन्दा एक दिनअघि लटरीको पाँचवटा टिकट किनेका थिए । बिहीवार लटरीका विजेताहरूको घोषणा हुँदा उनले पुरस्कार नपाएको बताइयो ।

त्यसपछि सादिकले लटरी फोहरको भाँडोमा फ्याँके । तर भोलिपल्ट साथीहरूले उनलाई १ करोड भारु पुरस्कार जितेको बताएपछि उनी प्रफुल्लित बने । 

सादिक घर पुगे र पत्नीलाई यसको बारेमा बताए । अनि दुवैजना मिलेर लटरी टिकट खोज्न थाले । पछि घरमै राखिएको फोहरको भाँडोमा उनीहरूले टिकट भेटे । 

फोहरको भाँडोमा सादिकले पाँचवटा टिकट फ्याँकेका थिए । तीमध्ये एकले १ करोड जितायो भने अन्य चार टिकटले १–१ लाख भारु जितायो । त्यसपछि पूरै परिवार खुशी भयो ।

सादिक र उनकी पत्नी अमिनाले एसयूभी कार किन्ने भएका छन् । लटरीका यी पैसाले आफ्नो जीवन बदलिने उनको भनाइ छ । बालबालिकालाई राम्रो विद्यालयमा पढाउने उनीहरूले बताए । 

अब उनीहरूले जितेको रकम आउन उनीहरूले लगभग तीन महिना कुर्नुपर्नेछ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्